जाजरकोट । जाजरकोट बारेकोट–४ जिरीका १२ वर्षीय भीमराज रावत चार वर्षदेखि खोरमा थुनिएका छन् । मानसिक सन्तुलन गुमाएका उनलाई अभिभावकले नै घरछेउको खोरमा थुनेका हुन् । ‘जे पायो त्यही गर्छ । कहिले खाना खान्छ, कहिले खाँदैन । सफा, फोहोर भन्ने पनि थाहा पाउँदैन । खोरमै थुनेर खाना खुवाउनुपर्छ । खुला राखे कतै हामफाल्छ कि भन्ने...