भाले चितुवाको उर्लाबारीबाट उद्धार

आज दिउँसो भाले चितुवाको मोरङको उर्लाबारी क्षेत्रबाट उद्धार गरिएको छ। उर्लाबारी नगरपालिका–१ स्थित झारसाँदीमा चितुवा भेटिएको थियो।...

सम्बन्धित सामग्री

भरतपुर आउने पर्यटकले पाटे बाघ हेर्न पाउने

१४, चैत, चितवन। चितवनको भरतपुर ६ देवनगरमा विश्वकै दुलर्भ मानिने पाटे बाघ सजिलै हेर्न मिल्ने गरी वन्यजन्तु उद्धार केन्द्र तयार गरिएको छ । उक्त केन्द्रमा नरभक्षी २ वटा भाले बाघलाई राखिएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर वन्यजन्तु उद्धार केन्द्र सञ्चालनको तयारी छ । केन्द्र तयार भए पनि पर्यटकहरुलाई टिकट काटेर हेर्न […]

पासोमा परेको चितुवाको उद्धार

तिलौराकोट नजिक खेतमा पासोमा परेको भाले चितुवा उद्धार गरेर आइतबार दिउँसो तिलौराकोट साझेदारी वनमा छाडिएको छ ।

निमोनियाबाट २२ दिने ‘केटो’को मृत्यु

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा (केटो) को मृत्यु भएको छ । करिब एक हप्ता अगाडि अमलटारीबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा लगिएको केटोको निमोनियाका कारण मृत्यु भएको जनाइएको हो । कोषका भेटेरिनरी चिकित्सक डा.अमीर सडौलाका अनुसार अन्दाजी २२ दिनको भाले बच्चाको बिहीबार मृत्यु भएको हो । “एक हप्ताअघि हामीले उद्धार गरेर कोषमा ल्याउँदा नै उक्त केटो अस्वस्थ थि

निमोनियाबाट २२ दिने ‘केटो’को मृत्यु

काठमाडौँ,१ साउन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ । करिब एक हप्ता अगाडि अमलटारीबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा लगिएको केटोको निमोनियाका कारण मृत्यु भएको जनाइएको हो । कोषका भेटेरिनरी चिकित्सक डा अमीर सडौलाका अनुसार अन्दाजी २२ दिनको भाले […]

तनहुँमा भाले चितुवा खोरमा पर्यो

तनहुँ । तनहुँमा डिभिजन वन कार्यालयले एक हप्ता अगाडि राखेको खोरमा परेर बिहान एउटा भाले चितुवा नियन्त्रणमा आएको छ । तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटमा डिभिजन वन कार्यालयले एक हप्ता अगाडि खोर राखेको थियो । खोरमा परेको चितुवालाई उद्धार गरी स्थानान्तरणको तयारी गरिएको सव-डिभिजन वन कार्यालय विमलनगरले जनाएको छ । कार्यालयले हालसम्म १३ वटा चितुवाको उद्धार […]

वन कार्यालयले राखेको खोरमा पर्‍यो भाले चितुवा

तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटस्थित कुखुरा फार्म नजिक राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले १ हप्ता अगाडि राखेको खोरमा परेर बिहीवार बिहान भाले बयस्क चितुवा नियन्त्रणमा आएको हो ।  खोरमा परेको चितुवालाई उद्धार गरी स्थानान्तरणको तयारी गरिएको सवडिभिजन वन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिए । उनका अनुसार चितुवा अन्दाजी ८ वर्षको छ । स्थानीय रामबहादुर तामाङको कुखुराको फार्ममा चितुवाले आक्रमण गरेर कुखुरा मार्न थालेपछि वन कार्यालयले खोर राखेको थियो । &l...

भारत पुगेको गैँडा ६ वर्षपछि उद्धार चितवन ल्याइयो

चितवन – बाढीले बगाएर भारत पुगेको एउटा गैँडा नेपालतर्फ आएको मौका पारेर उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जतर्फ ल्याइएको छ । भारतीय सीमा क्षेत्र विनय त्रिवेणी गाउँपालिका–६ बाट गैँडालाई डाट गरेर बेहोस बनाई सोमबार चितवनतर्फ ल्याइएको हो । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार अन्दाजी सात÷आठ वर्षको भाले गैँडालाई उद्धार गरी ल्याइएको […]

बाढीले बगाएर भारत पुगेको गैँडा उद्धार गरी ल्याइँदै

चितवन – बाढीले बगाएर भारत पुगेको एउटा गैँडा नेपालतर्फ आएको मौका पारेर उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जतर्फ ल्याइँदैछ । भारतीय सीमा क्षेत्र विनय त्रिवेणी गाउँपालिका ६ बाट गैँडालाई डाट गरेर बेहोस बनाइ आज साेमवार चितवनतर्फ ल्याउँदै गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार अन्दाजी सात/आठ वर्षको भाले गैँडालाई उद्धार गरी ल्याइएको हो । बाढीका कारण भारत पुगेको याे गैँडा यही मङ्सिर १५ गते नेपालतर्फ आएको थियो । नेपालमा उखु, तरकारीलगायत खाद्यान्न बाली खान पल्किएको गैँडा यसअघि त...

चितवनमा भालेबाघ र तनहुँमा चरीबाघको मृत्यु

काठमाडौं । चितवनको कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायीक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो । उहाँका अनुसार मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ । बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ । बाघको महत्वपूर्ण अङ्गहरु दाह्रा, जुङ्गा, छाला र नङ्ग्रा सुरक्षित रहेको जनाइएको छ । यता, तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार भइरहेको बाघको मृत्यु भएको सवडिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिनुभयो । मृत्यु भएको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । बाघको खुट्टा र ढाडमा चोट लागेको थियो । शुरुमा उद्धार गर्दा चितुवाको बच्चा भनिएपनि पछि अध्ययनको क्रममा संरक्षित चरीबाघ भएको पत्ता लागेको थियो । प्रमुख भुजेलका अनुसार जिल्लामा पहिलो पटक चरी बाघ भेटिएको हो । ‘तनहुँमा पनि चरी बाघ रहेछ भन्ने अवगत भयो । यसअगाडि चरी बाघ छ भन्ने थाहा थिएन’, उहाँले भन्नुभयो ।