चितवन – बाढीले बगाएर भारत पुगेको एउटा गैँडा नेपालतर्फ आएको मौका पारेर उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जतर्फ ल्याइँदैछ । भारतीय सीमा क्षेत्र विनय त्रिवेणी गाउँपालिका ६ बाट गैँडालाई डाट गरेर बेहोस बनाइ आज साेमवार चितवनतर्फ ल्याउँदै गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार अन्दाजी सात/आठ वर्षको भाले गैँडालाई उद्धार गरी ल्याइएको हो । बाढीका कारण भारत पुगेको याे गैँडा यही मङ्सिर १५ गते नेपालतर्फ आएको थियो । नेपालमा उखु, तरकारीलगायत खाद्यान्न बाली खान पल्किएको गैँडा यसअघि त...