तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिने

गण्डकी प्रदेश सरकारले तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने भएको छ । तनहुँको भिमादबाट नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास र लमजुङको शीतलपाटी–नाल्फाफेदी सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन आगामी आर्थिक वर्षमा सुरु गरिने भएको हो । नीति, कार्यक्रम र बजेटमा पाँच सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको प्रदेश सरकारले बागलुङको बिहुँ–नरेठाँटी र म्याग्दीको दानाबाट मुस्ताङको घाँसा जोड्ने सुरुङमार्गको सङ्घ सरकारले समेत …

सम्बन्धित सामग्री

तीन सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न

काठमाडौं । सडकमा सुरुङमार्ग निर्माण शुरू भइसकेको मुलुकमा थप ठाउँमा यस्ता संरचना बनाउन अध्ययन भइरहेको छ । सडक विभागले विभिन्न राजमार्ग तथा सडकमा हालसम्म एक अन्डरपाससहित १८ ओटा सुरुङमार्ग बनाउन सम्भाव्यता अध्ययन गरिरहेको छ । थप नयाँ चार स्थानमा सुरुङमार्ग अध्ययन गर्न आवश्यक देखिएको पनि विभागले औंल्याएको छ । विभागका अनुसार धरान–लेउती, मानेचौर–बीपीनगर खुटिया दिपायल खण्ड र बीपीनगर खुटिया दिपायल सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अहिले नागढुंगामा सुरुङमार्ग निर्माण भइरहेको छ । सिद्धार्थ राजमार्गको पाल्पा खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि प्रक्रिया अघि बढेको छ । यसबाहेक गत आर्थिक वर्षसम्ममा विभागले उक्त संख्यामा सुरुङमार्ग बनाउन पूर्वसम्भाव्यता अध्ययन, खरीद व्यवस्थापन र थप नयाँ स्थान पहिचान गरेको हो ।  विभागका महानिर्देशक सुशीलबाबु ढकालले आवश्यक देखिएका स्थानमा सुरुङमार्ग निर्माण गर्न अध्ययन गरिएको बताए । तर, अध्ययन हुनासाथ निर्माण भइहाल्ने अवस्था भने नभएको उनको भनाइ छ । ‘विभिन्न सडकमा सुरुङमार्ग बनाउन आवश्यक छ भन्ने महसूस भएको छ,’ ढकालले भने, ‘यो संरचना बनाउन धेरै प्रक्रिया पूरा गर्नुपर्छ । उदाहरणका लागि नागढुंगा सुरुङमार्ग बनाउन सन् २०१२ बाट छलफल भएको थियो, ठेक्का बल्ल सन् २०१८ मा व्यवस्थापन भयो ।’ अहिले ठाउँहरू पहिचान गरिएको र प्राथमिकताका आधारमा बनाउनैपर्ने देखिएमा स्रोत व्यवस्थापन गर्दै निर्माण अघि बढाउने उनले बताए । विभागको आव २०७९/८० को वार्षिक प्रतिवेदनअनुसार अध्ययन भइरहेका सुरुङमार्ग पोखरादेखि जाजरकोट, रारा राजमार्गहरूमा पर्छन् । विभागले सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत विभिन्न खण्डमा अध्ययन गरेको छ । निर्माण तुलनात्मक रूपमा महँगो भए पनि सडकको दूरी घटाउन, ट्राफिक व्यवस्थापन र कतिपय अवस्थामा पहिरोका कारण हुने जनधनको क्षति कम गर्न पछिल्लो समय सरकारले सुरुङमार्ग निर्माण योजना अघि सारेको छ । ट्राफिक व्यवस्थापन र दूरी छोट्ट्याउन जापान सरकारको ऋण सहयोगमा नागढुंगा सुरुङमार्ग निर्माण भइरहेको छ । वर्षेनि पहिरोका कारण जनधनको क्षति हुने सिद्धबाबामा उक्त क्षति रोक्न सुरुङमार्ग निर्माण अघि बढाइएको विभागले जानकारी दिएको छ ।  उक्त आयोजना बनाउन विभागले चिनियाँ कम्पनी चाइना स्टेटसँग २०७८ फागुनमा ठेक्का सम्झौता गरिसकेको छ । यसको ठेक्का सम्झौता रकम ७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । ५ वर्षमा यो सुरुङमार्ग सम्पन्न गर्ने भनिएको छ ।  विभागले आफ्नो प्रतिवेदनमा ठेक्का सम्पन्न गर्नुपर्ने मिति भने उल्लेख गरेको छैन ।  विभागका अनुसार सिद्धबाबा सुरुङमार्गको सर्वे सम्पन्न भइसकेको छ । यसमा ठेक्काअन्तर्गतका निर्माणको डिजाइन गर्न नक्सांकन, भौगर्भिक अध्ययनलगायत काम सम्पन्न भएका छन् । सुरुङमार्गको डिजाइन पनि विभागले स्वीकृत गरिसकेको छ ।  निर्माण व्यवसायी चिनियाँ कम्पनी साइटमा मोबिलाइज भई क्याम्प, विद्युतीय लाइन तथा ट्रान्फर्मर जडान, वर्कसप, इक्वीपमेन्ट यार्ड निर्माणलगायत काम गरिसकेको छ । विभागले चालू आवमा ४०० मीटर सुरुङमार्ग खन्ने काम सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

विहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययन सुरु

राष्ट्रिय गौरवको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत विहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्यनको काम सुरु गरिएको छ। काठेखोला गाउँपालिकाको विहुँदेखि गलकोट नगरपालिकाको नरेठाँटीसम्म सुरुङमार्गको प्रारम्भिक चरणको अध्ययनको काम सुरु भएको हो। सम्भाव्यता अध्ययनको...

सुरुङमार्गको राजनीति

सुरुङमार्ग नै आवश्यक नपर्ने र आर्थिक हिसाबले सम्भाव्य नै नरहेका सुरुङमार्गको राजनीतिक उद्देश्यले मात्रै हुने अध्ययनको खर्च बालुवामा पानी बन्ने अवस्था छ ।

नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन

काठमाडौं, चैत १० । अप्ठ्यारो र घुम्ती सडकको दूरी छोट्याई सवारी आवागमन सहज बनाउने उद्देश्यसहित सडक विभागले विभिन्न स्थानमा प्रस्तावित नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि विभागले कम्पनी छनोटको प्रक्रिया सुरु गरेको हो । सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटका लागि राष्ट्रिय कम्पनीहरूसँग आशयपत्र माग गरिएको सडक विभागअन्तर्गतको […]

सुरुङमार्गको विकासमा नेपालको फड्को

सरकारले चालू आर्थिक वर्षमा २१ सुरुङमार्गको अध्ययन गर्ने जनाएको छ, जसमध्ये हाल नागढुंगा सुरुङमार्गको निर्माण कार्य भइरहेको छ । नेपालमा सुरुङमार्गको इतिहास चन्द्रशमशेरले १ सय १ वर्षअघि सुरु गरेको मानिन्छ । हटौंडा र अमलेखगन्ज सडकलाई जोड्न चुरे पहाडमा सुरुङमार्ग चन्द्रशमशेरले निर्माण गराएको मानिएको हुनाले सुरुङमार्ग नेपालमा नौलो नहुनुपर्ने हो । तर, नेपालका पहाड कलिला तथा […]

एकैपटक २१ सुरुङमार्गको अध्ययन

काठमाडौं, फागुन १९ । सरकारले एकैपटक देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ । यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८/७९ (आव) मा त्यस्तो संख्या वृद्धि गरी २१ सुरुङमार्गको अध्ययन गर्न थालिएको हो । विकसित मुलुकमा सुरुङमार्ग निर्माण कार्यले तीव्रता पाए पनि नेपालमा सुरुङमार्ग निर्माणले गति लिन सकेको छैन । […]

एकैपटक २१ सुरुङमार्गको अध्ययन हुँदै

काठमाडौं । सरकारले एकैपटक देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ । यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८/७९ (आव) मा त्यस्तो संख्या वृद्धि गरी २१ सुरुङमार्गको अध्ययन गर्न थालिएको हो । विकसित मुलुकमा सुरुङमार्ग निर्माण कार्यले तीव्रता पाए पनि नेपालमा सुरुङमार्ग निर्माणले गति लिन सकेको छैन । अहिलेसम्म थानकोट–नागढुंगा सुरुङमार्गको मात्र निर्माण कार्य भइरहेको छ । यद्यपि सुरुङमार्ग निर्माण गर्ने आवाज आजको भने होइन । तत्कालीन सरकारले २०७६ मा ११ सुरुङमार्गको अध्ययन गर्ने लक्ष्य राखेको थियो । सुरुङमार्ग निर्माणमा उच्च लागत र प्रविधि आवश्यक पर्छ । एक किलोमीटर (किमी) सुरुङमार्ग बनाउन न्यूनतम रू. ३ अर्ब ५० करोड आवश्यक पर्छ । तर, यस्तो निर्माण कार्यले भौतिक पूर्वाधारको विकास मात्र नभई अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउने भएकाले निर्माण गर्नुपर्ने अधिकारीहरू बताउँछन् । सडक विभागका प्रवक्ता शिव नेपाल सुरुङमार्गले अर्थतन्त्रलाई टेवा दिने भएकाले तीमध्ये केही जतिसक्दो छिटो निर्माण गर्न आवश्यक रहेको बताउँछन् । ट्राफिक व्यवस्थापन सहज बनाउने कोटेश्वर–जडीबुटी, दाउन्ने–बर्दघाट, खुर्काेट–चियाबारी र धरानको लेउती सुरुङमार्ग निर्माणलाई विभागले उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । अन्य सुरुङमार्गको पहिचान र प्रारम्भिक अध्ययन भइरहेको उनले बताए । नेपालका कुन–कुन भागमा सुरुङमार्ग आवश्यकता छ भनी पहिचान गरिएको उल्लेख गर्दै उनले आवश्यकताअनुसार सम्भाव्यता अध्ययन अघि बढाइएको जानकारी दिए । चालू आर्थिक वर्षमा सुरुङमार्गको अध्ययनका लागि प्रतिआयोजना रू. ३० लाखदेखि रू. ४० लाखसम्म बजेट विनियोजन गरिएको छ । अध्ययन लागत सुरुङमार्ग अनुसार फरक–फरक हुने नेपालले बताए । सुरुङमार्गको लम्बाइ, भौगोलिक अवस्थिति जस्ता पक्षलाई ध्यान दिएर अध्ययन बजेटको सीमा राखिएको छ । यिनको प्रारम्भिक अध्ययन मात्रै गरिने र बजेट तथा लगानी सुनिश्चित भएपछि आवश्यकताका आधारमा निर्माण अघि बढाइनेछ । आगामी पुसदेखि निर्माण शुरू गरिने सिद्धबाबा सुरुङमार्गसहित अध्ययन अघि बढाइएका सुरुङमार्गमा लामाबगर, धरान–लेउती, टोखा–छहरे–गुर्जेभञ्ज्याङ, कोटेश्वर–जडीबुटी, दुम्कीबास–बर्दघाट छन् । त्यस्तै हेम्जा–नयाँपुल, कुशेपाटन–ब्याउली ढुंगा–इमिलचाखोला, बाग्लुङ–ब्युँ–नरेठाँटी, कुलेखानी–भीमफेदी, खुर्कोट–चियाबारी, मझिम्टार–शक्तिखोर, थानकोट–चित्लाङ, प्रवास–जोर्ते सुरुङमार्गको अध्ययन अघि बढाइएको विभागले जानकारी दिएको छ । रसुवागढी–बेत्रावती, बबई–छिन्चु, ताथली–रबीओपी, गोदावरी–मानचौर, दुम्लिङ–वासपाङ (चेपाङमार्ग), फस्रेखोला–छोरेपाटन र राजदुवोल–सुनमाई सुरुङमार्गको अध्ययन पनि अघि बढेको छ । विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार यी सुरुङमार्गमध्ये अधिकांशको प्रारम्भिक सम्भाव्यता अध्ययन नेपालले नै गर्नेछ । केन्द्रका सिनियर डिभिजनल इन्जिनीयर (सीडीई) सौरभ वज्राचार्यले विभागले अघि सारेका सुरुङमार्गमध्ये केहीको चीन, जापान र स्वीस सरकारको सहयोगमा अध्ययन हुने बताए । रसुवागढी–बेत्रावती र टोखा–गुर्जेभञ्ज्याङको चीन, कोटेश्वर–जडीबुटी र खुर्काेट–चियाबारीको जापानको जाइका, थानकोट–चित्लाङ सुरुङमार्ग स्वीस सरकारले अध्ययन गर्ने उनले जानकारी दिए । हाल ठेक्का सम्झौताको तयारीमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माण भने आगामी पुसदेखि शुरू हुने भएको छ । वज्राचार्यका अनुसार चाइना स्टेटसँग यो सुरुङमार्ग निर्माणका लागि अबको १ सातामा सम्झौता गरिने भएको छ । द्रुतमार्गमा सुरुङमार्ग बनाउने जिम्मा पाएको चाइना स्टेट कर्पाेरेशनले यसको ठेक्का पाएको छ । कम्पनीले ५ वर्षभित्रमा सम्पन्न गर्ने गरी प्रस्तावित बिडका १३ प्रतिशत कम कबोल गरी रू. ७ अर्ब ३४ करोडमा निर्माणको जिम्मा लिएको छ । कम्पनीसँग ठेक्का सम्झौता भएको ९ महीनामा उसले डिजाइन, माटोको अनुसन्धान तथा अन्य अध्ययन गर्नेछ । ५ वर्षमा सुरुङमार्ग बनाइसक्नुपर्नेछ । केन्द्रको इस्टिमेट लागत रू. ९ अर्ब ४ करोड थियो ।

सुरुङमार्गको बजेट घटाइयो

काठमाडौं, मंसिर १५ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २३ वटा सुरुङमार्गको अध्ययन र निर्माणको लागि भन्दै एक अर्ब ९९ करोड रूपैयाँ बजेट विनियोजन गरेका थिए। पछिल्ला अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा पूर्ववर्ती अर्थमन्त्रीले सुरुङमार्गको लागि छुट्ट्याएको बजेट घटाएर एक अर्ब ६ करोड रूपैयाँमा झारेका छन्। मन्त्री शर्माले स्वार्थअनुकूलका चारवटा सुरुङमार्ग समावेश गरेका छन्। फुस्रेखोला […]

प्रतिस्थापन विधेयकमा सुरुङमार्गको बजेट घट्यो

अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको चालु वर्षको बजेटमा २७ वटा सुरुङमार्ग अध्ययन तथा निर्माण गर्ने योजना छ। २७ मध्ये तीनवटा सुरुङमार्गको मात्रै निर्माण हुने सडक विभागले जनाएको छ।...

जुम्ला–जाजरकोट जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन हुँदै

जुम्लाको इमिल्चा हुँदै जाजरकोट जोड्ने सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन हुने भएको छ । जुम्ला–जाजरकोट यात्रालाई छिटो तथा सहज पार्नका लागि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीदेखि जाजरकोटको कुशे गाउँपालिका–८ साङटाको बीचमा सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको हो । सुरुङमार्ग खोल्ने र सडक निर्माणलाई गति दिएर जुम्ला–जाजरकोटको यात्रालाई छिटो र भरपर्दो पार्नका लागि पूर्वमन्त्री शक्ति […]