धनगढी – तीन दिनअघि एमाले र नागरिक उन्मुक्तिसँग मिलेर जिल्ला समन्वय समिति गठन गर्ने सहमति गरेको माओवादी शनिबार सहमति तोडेर कांग्रेसतर्फ मोडिएको छ। कैलाली जिल्ला समन्वय समिति गठनका लागि बिहीबार नागरिक उन्मुक्ति पार्टी, एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भए पनि माओवादी केन्द्रले तीन दिनमै सहमति तोडेर नेपाली कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेको […]