विगत ६ वर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट सङ्कलित रकम नेपालको मध्य-पश्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरूको सहयोगार्थ पठाउने गरी कार्यक्रम गर्दै आएको दिदी-बहिनी समाज भिक्टोरियाले करिब ७०० को उपस्थितिमा शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यमा तीज कार्यक्रम सम्पन्न गरेको छ ।दिदी-बहिनी समाज भिक्टोरियाले अहिलेसम्म १६,००० डलर पठाइ ११० जनालाई सहयोग गरिसकेको छ । दिदी-बहिनी समाज भिक्टोरियाले प्रदान गर्ने आर्थिक सहयोग छोटो समयको बसाइ, आवश्यक औषधोपचार,