अर्थमन्त्रीको निर्देशन : स्टार्ट- अप व्यवसाय कर्जा युवाले सजिलै पाउनसक्ने गरी कार्यविधि बनाऔं

असोज २२, काठमाडौं । स्टार्ट–अप व्यवसाय कर्जा प्रवाह कार्यविधि - २०७८ सरल र छरितो हुनुपर्ने निष्कर्ष निकालिएको छ ।  स्टार्ट–अप कर्जा कार्यविधि निर्माणको सम्बन्धमा शुक्रवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा बोझिलो कार्यविधिले स्टार्ट–अप अर्थात् नवप्रवर्तनीय व्यवसायको प्रवर्द्धन गर्न नसकिने भएकोले एकदमै सरल र छरितो कार्यविधि बनाउनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।  छलफलमा अर्थमन्त्री जनार्दन शर्माले दुर्गम वस्तीका युवाहरुले समेत सजिलै स्टार्ट–अप व्यवसाय कर्जा पाउन सक्ने गरी कार्यविधि बनाउन निर्देशन दिए ।  मन्त्री शर्माले भने, ‘नयाँ व्यवसाय गर्न चाहने युवाहरु कागज हेरेरै निराश हुने खालको झन्झटिलो कार्यविधि नबनाऔं । संक्षिप्त र सरल कार्यविधि बनाएर कार्यक्रम लागू गरौं ।’  मन्त्री शर्माले कार्यविधिमा भारी संरचना र समितिहरु नबनाई राष्ट्रिय योजना आयोगका सचिवको नेतृत्वमा छरितो टिम बनाएर सोको निर्णय बमोजिम स्टार्ट–अप व्यवसाय कर्जा उपलब्ध गराउन उपयुक्त हुने धारणा व्यक्त गरे । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयालले स्टार्ट–अप व्यवसाय नेपालको लागि नौलो कार्यक्रम भएकोले यसको सिद्धान्त र अन्तरराष्ट्रिय अभ्यासहरुलाई समेत ध्यान दिएर सरल कार्यविधि बनाउनुपर्ने बताए । राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवल प्रसाद भण्डारीले नयाँ नयाँ अवधारणा बोकेका उत्साही युवाहरुलाई सजिलैसँग स्टार्ट–अप कर्जा उपलब्ध गराउने खालको सरल कार्यविधि बनाउनु पर्नेमा जोड दिए ।  अर्थसचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करले नयाँ व्यवसायीहरुलाई लक्षित गरेर कार्यविधि बनाउनुपर्ने बताए ।   नेपालमा  सरकारले आव २०७६/ ७७ देखि स्टार्ट–अप व्यवसाय सञ्चालनको लागि अनुदान उपलब्ध गराउने गरी कार्यक्रम ल्याएको थियो । सो बमोजिम राष्ट्रिय योजना आयोगले अनुदान सम्बन्धी कार्यविधि बनाएर आवेदनसमेत संकलन गरेको थियो । त्यसमा ६९९ जनाले निवेदन दिएको आयोग सदस्य फुयालले जानकारी दिए ।  अघिल्लो सरकारले आव २०७७/ ७८ मा २ प्रतिशत ब्याज दरमा स्टार्ट–अप कर्जा उपलब्ध गराउने गरी कार्यक्रम ल्याएको भएपनि त्यसको लागि बजेट विनियोजन नगरिएको कारण कार्यन्वयनमा आउन नसेकेको हो ।  सरकारले प्रतिस्थापन विधेयकमार्फत आव २०७८/ ७९ का लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेपछि स्टार्ट–अप व्यवसाय कर्जा प्रवाह कार्यक्रम कार्यान्वयनमा आउन लागेको हो । प्रतिस्थापन बजेटमा भने एक प्रतिशत सहुलियत ब्याजदरमा स्टार्ट–अप कर्जा प्रदान गर्ने व्यवस्था गरिएको छ । नयाँ कार्यक्रम सञ्चालन गर्दा यसअघि परेका आवेदनकोसमेत सम्बोधन हुनेगरी कार्यविधि बनाउन पनि अर्थमन्त्री शर्माले निर्देशन दिएका छन् । 

सम्बन्धित सामग्री

लगानी सम्मेलन केन्द्रित काम गर्न नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

लगानी सम्मेलन केन्द्रित काम गर्न नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

लगानी सम्मेलन केन्द्रित काम गर्न नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

लगानी सम्मेलन केन्द्रित काम गर्न नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजार सुधारका ठोस योजना बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २० चैत्र । अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देन दिएका छन् । मन्त्री महतले आज (सोमबार) नेपाल बैंकर्स एशोसिएनका पदाधिकारीहरुसँग ब्याजदर र अहिलेको अवस्थाका बारे परामर्श गरेका थिए । मन्त्री महतले सकारात्मक परिणाम आउने गरी ठोस योजना बनाउन बोर्डलाई निर्देशन दिएका छन् ।

लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्रीको निर्देशन

काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले तोकेको लक्ष्यअनुसार नै राजस्व उठाउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।     आज अर्थ मन्त्रालय एवं मातहतका विभाग र कार्यालयहरूसँगको छलफलका क्रममा पौडेलले यस्तो निर्देशन दिएका हुन् । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा आन्तरिक र भन्सार राजस्व लक्ष्यभन्दा कम छ । वार्षिक लक्ष्यभन्दा कम […] The post लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्रीको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्थानीय जनप्रनिधिलाई अर्थमन्त्रीको निर्देशन

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरूसँग अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अन्तरक्रिया गर्नुभएको छ ।मन्त्री शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रबार बिहान अर्थ मन्त्रालयमा भेट गरी अन्तरक्रिया गरेका हुन् । सो अन्तरक्रियामा रुकुम पश्चिमका नगरपालिका प्रमुख/उप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यलगायतको उपस्थिति थियो ।जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पालिका भित्रका स्थानीयलाई ठूला […]

पुस महीनाभित्र ३० प्रतिशत बजेट खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, पुस ४। सरकारी खर्चप्रणाली समस्याग्रस्त देखिएको छ । लोक रिझ्याउन ठूलो आकारको बजेट ल्याइए पनि कार्यान्वयनमा भने उदासीनता देखिएको छ । आफैले अख्तियारी गरेको व्यवस्थाअनुसार बजेट खर्च नहुँदासमेत कार्यान्वयनमा अर्थमन्त्री जनार्दन शर्मा गम्भीर देखिएका छैनन् । बजेट समीक्षाका बेला कडा निर्देशन दिएजस्तो गरे पनि अर्थमन्त्री शर्मा अरू बेला खर्चप्रणालीमा रहेका समस्या सुधार्नभन्दा पनि पार्टीका […]

आन्तरिक राजस्व दोब्बर गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगलाई प्रोत्साहन हुनेगरी गरिएका नीतिगत व्यवस्थाहरु परिवर्तन नहुने बताएका छन् ।आन्तरिक राजस्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले दीर्घकालीन रुपले देशलाई फाइदा पुग्नेगरी गरिएको व्यवस्था परिवर्तन नहुने बताएका हुन् । “मलाई कतिपयले प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन्, म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति […]

भन्सारमा भेइकल स्क्यानर राख्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, भदौ २७ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिनुभएको छ । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन भन्दै मालवस्तुको वर्गिकरण र मूल्याङ्कनमा इमान्दारिता कायम गरी राजश्व संकलन बृद्धि गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । […]