नेपाल तेक्वान्दो संघ बागमती प्रदेश अध्यक्षमा पुरी निर्वाचित

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको अध्यक्षमा केशव पुरी निर्विरोध निर्वाचित भएका छन् । शनिवार काभ्रेको धुलिखेलमा भएको प्रथम अधिवेशनबाट पुरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।  उपाध्यक्षमा प्रकाश खड्गी र सुमन पाण्डे, महासचिवमा हरिहर ढुंगाना, सचिवमा उमेश नकर्मी र कोषाध्यक्षमा किरण थापा मगर निर्विरोध निर्वाचित भए । यसै गरी सदस्यहरूमा फिरोज श्रेष्ठ, कविराज माली, भास्कर श्रेष्ठ, केशव थापा, दिनेशकुमार बाँडा, राजेन्द्र खड्गी, रामचन्द्र ब्यञ्जनकार, नरेन्द्र थापा, रामकृष्ण श्रेष्ठ र वीरमान स्याङतान निर्विरोध निर्वाचित भए । संघको श...

सम्बन्धित सामग्री

एसियाड पदक विजेता सविता र किशोर सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद (एसियाड) र दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता तेक्वान्दो खेलाडी सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिबार सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरुको सफलताको कदर गर्दै सम्मान गरेको हो । दुबैले साढे दुई दशक अघि एसियाडमा सफलता प्राप्त गरेका थिए । श्रम, रोजगार […] The post एसियाड पदक विजेता सविता र किशोर सम्मानित first appeared on हाम्रो खेलकुद.

मधेश प्रदेशस्तरीय मेयरकप तेक्वादो प्रतियोगितामा पर्सा जिल्ला टिम च्याम्पियन

मधेश प्रदेशस्तरीय मेयरकप तेक्वादो प्रतियोगितामा पर्सा जिल्ला टिम च्याम्पियन भएको छ। नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति रौतहटको आयोजना  तथा चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रनिगाहपुरमा तीन दिनसम्म चलेको प्रतियोगितामा मधेश प्रदेशका...

तेक्वान्दो विवाद : निर्वाचनमा आउन आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित नेपाल तेक्वान्दो महासंघले नेपालको तेक्वान्दोका सबै पक्षलाई महासंघमा आबद्ध भएर निकास खोज्न आग्रह गरेको छ । नेपाल तेक्वान्दो महासंघले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर एउटै प्रकृतिका संघलाई महासंघमा आबद्ध हुन आग्रह गरेको हो । महासंघले यसअघि अस्तित्वमा रहेका नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघलाई महासंघको छातामा आउन र निर्वाचनबाट नयाँ नेतृत्वको चयनमा सहभागी हुन आग्रह समेत गरेको छ । कानूनविपरीत राखेपले संघ खारेज गरेको भन्दै सर्वोच्च अदाल

जिल्ला खेलकुद विकास समिति बारामा तालाबन्दी

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बारा र मधेस प्रदेश तेक्वान्दो संघले जिल्ला खेलकुद विकास समिति बाराको कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले गरेको तेक्वान्दो संघ विघटनको निर्णय तत्काल फिर्ता गर्न माग गर्दै  जिल्ला र प्रदेश कमिटीले शुक्रबार जिल्ला खेलकुद विकास कार्यालयमा तालाबन्दी गरेर स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका हुन् । राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयले अवैधानिक तवरले नेपाल तेक्वान्दो संघ विघटन गरेपछि खेलकर्मी आन्दोलित भएका हुन । परिषद्को गलत निर्णयका कारण ख

आफूअनुकुल ऐन व्याख्याको भूमरीमा राखेप–तेक्वान्दो विवाद

२ असार, काठमाडौं । खेलकुद विकास ऐन जारी भएको असार १७ गते दुई वर्ष पूरा हुँदैछ । यो ऐनका व्यवस्थालाई आफूअनुकुल व्याख्या गर्दा नेपाल तेक्वान्दो संघ र राष्ट्रिय खेलकुद परिषद राखेप विवाद ठूलो भूमरीमा परेको छ । दुवै पक्षले आफ्ना काम कारबाहीलाई कानूनसम्मत दावी गर्दै आएका छन् । २०७८ असोज १६ गते नेपाल तेक्वान्दो संघले […]

बाग्मती प्रदेशको दीक्षान्त समारोह

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेशले ४२ औं ब्ल्याकवेल्ट ग्रेडिङमा उत्तीर्ण हुन सफललाई शनिबार प्रमाण पत्र प्रदान गरेको छ । प्रदेशले दोश्रोबाट तेश्रो डानमा पदोन्नती भएका ५२ जनालाई नख्खुमा आयोजित दीक्षान्त समारोहमा प्रमाण पत्र प्रदान गरेको हो । सहभागी ५२ मध्ये सबै तेश्रो डानमा पदोन्नती भएका हुन् । ग्रेडिङमा बाग्मती प्रदेशका १३ […]

सन्जिव सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ प्रदेश २ ले तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्जिव नेपालीलाई शुक्रबार सम्मान गरेको छ । प्रदेश २ ले आयोजना गरेको तेश्रो निजगढ तेक्वान्दो प्रतियोगिताको उद्घाटनका अवसरमा तेक्वान्दोमा हासिल गरेको उपलब्धीको कदर गर्दै सन्जिवलाई सम्मान गरिएको हो । आयोजकका अध्यक्ष पेमा सिद्धि लामा र महासचिव रामकुमार लामाले सन्जिवलाई प्रशंसा पत्र […]

पारालिम्पिक जाने टोलीलाई पारा तेक्वान्दो समितिको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तर्फबाट टोकियो २०२० पारालिम्पिकमा सहभागिता जनाउने पारा तेक्वान्दो टोलीलाई नेपाल तेक्वान्दो संघ अन्तर्गतको पारा तेक्वान्दो समितिले बिदाइ गरेको छ । समितिका संयोजक कासिम मियाँले आज एक कार्यक्रममाझ पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामालाई बिदाइ गरेका हुन् । मियाँले पारालिम्पिकमा तेक्वान्दोले राष्ट्रको प्रतिनिधित्व गर्दा गौरव महसुस गरेको […]

पलेशाबाट पदकको आशा

पारालम्पिकमा तेक्वान्दोले वाइल्ड कार्ड प्राप्त गर्दा पलेशा जति खुसी थिइन्, त्यसको तुलनामा नेपाल तेक्वान्दो संघ, पारा कमिटी र पाराका प्रशिक्षक त्योभन्दा बढी हौसिएका थिए। नहौसियून् पनि किन ? सन् २०१३ देखिको मिहिनेतको फल संघ र पारामा योगदान पु¥याएका प्रशिक्...

एसियन गेममा हाम्रो खेलाडीमात्र आधिकारिक : नेपाल तेक्वान्दो संघ :: Pahilopost.com

काठमाडौं: आगामी सेक्टेम्बरमा इन्डोनोसियामा हुने एसियन गेममा तेक्वान्दो संघका खेलाडीले मात्र प्रतिनिधित्व गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ। आज पत्रकार सम्मेलन गर्दै नेपाल तेक्वान्दो संघले आफ्नो धारणा सार्वजानिक गरेको हो। एसियन गेममा अन्य संघबाट पनि खेलाडीले प्रतिनिधित्व गर्ने खबर आइरहेकाले खेलाडीको मनोवल गिरेको र नकारात्मक सन्देश गइरहेको संघका महासचिव दिपराज