सुदूरपश्चिम प्रदेश सरकार ‘बजेट शून्यतामा’ गएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारी र प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल कांग्रेस एमालेका प्रमुख नेताहरूको राजनीतिक दाउपेच र अहंकारका कारण प्रदेश सरकारको वित्तीय प्रणाली नै शून्यताको अवस्थामा पुगेको हो ।