दसैँतिहार लगायतका चाडपर्वको सन्दर्भ पारेर नेकपा एमाले मकवानपुरले आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाको ‘इन्ट्री’ले राजनीतिक तरङ्ग पैदा भएको छ । एमाले मकवानपुरले बिहीबार बिहान आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापाको उपस्थितिले जिल्लाको राजनीति तरङ्गित बनाएको हो । अन्य दलहरुले गरेको राजनीतिक कार्यक्रममा समेत उपस्थित नहुने थापा बिहीबार एकाएक एमाले मकवानपुरको सामान्य चियापान कार्यक्रममा उपस्थित हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।पहिलो