मिक्सरमा लुकाएर सुन ल्याएका युवक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाण्डाै – मिक्सर मेशिनमा लुकाएर सुन ल्याएका एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।  आज मङ्गलवार बिहान कुवेतबाट काठमाण्डौ आएका रुपन्देहीका २८ वर्षीय युवकलाई एक सय ग्राम सुनसहित पक्राउ गरिएकाे विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिनुभयो । जाँचका क्रममा उनले ल्याएकाे मिक्सर मेशिनमा एक सय ग्राम सुन भेटिएकाे थियाे ।    विदेशबाट आउँदा नेपालीले कानुनी रूपमा ५० ग्राम बराबरको सुनका गहना ल्याउन पाउने व्यवस्था छ । 

सम्बन्धित सामग्री

चकलेटको प्याकेटमा लुकाएर ल्याएको ५० ग्राम सुनसहित युवक पक्राउ

कतारको दोहाबाट चकलेटको प्याकेटमा लुकाएर सुन लिएर आएका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पक्राउ परेका छन् । सिरहा घर भएका २१ वर्षीय मोहम्मद इजराइल मियाँलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए । कतार एअरवेजको क्यूआर–६५० को उडानमार्फत बुधवार साँझ दोहाबाट काठमाडौं आएका मियाको साथबाट भन्सार कार्यालयले सिक्रीको आकारमा ल्याएको ५० ग्राम सुन बरामद गरेको छ । भन्सार कार्यालयले जर्ती काटेको गहना बाहेकका सुनको राजस्व लिँदै

दुवईबाट सुन लिएर आएका युवक विमानस्थलमा पक्राउ

काठमाडौं । दुवईबाट सुन लिएर काठमाडौं आएका एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।मोरङ घर भएका सुरेश कुमार शर्माले पंखामा सेट गरेर सुन ल्याएका हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले एक्सरे मेसिनबाट जाँच गर्दा सुन फेला परेको थियो ।उनले पंखामा सेट गरेर ल्याएको ८ सय १२ ग्राम सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।जजिरा एयरलाइन्सको उडानबाट शर्मा काठमाडौं ओर्लिएका हुन् । विमानस्थल भन्सार कार्यालयले उनलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।