बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सुविधासम्पन्न हुने दिशामा अगाडि बढेको छ ।
अस्पतालले सेवासुविधा थप र सर्वसुलभ बनाउँदै लगेको छ ।
अस्पताल परिसरभित्रै हालै निर्माण सम्पन्न भएको विशाल भवनमा समेत आफ्नो विस्तारित सेवा शुरू गरेर सेवाग्राहीलाई सेवा प्रवाह गरिरहेको छ । प्रादेशिक अस्पतालभन्दा नाक खुम्चाउने बिरामीहरूको रोजाइँमा अस्पतालको उपचार सेवा पर्न थालेको छ ।
आफ्नो १०० दिने कार्यप्रगतिबारे बिहीवार जानकारी दिँदै मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले अस्पताललाई नमूना र जनताको सहज उपचार पाउने अस्पतालको र...