काठमाडौँ– निरन्तरको वर्षाका कारण केही दिन यता काठमाडौँको फोहोर संकलन र व्यवस्थापनमा समस्या भएको छ । उपत्यकामा उत्सर्जित फोहोरमैलाको अन्तिम विर्सजनस्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर २ स्थित ल्याण्डफिल साइटमा विर्सजन गर्दै आइरहेको छ । तर हाल निरन्तरको वर्षाका कारण सडक बिग्रिएको र फोहोरका गाडी अन्तिम विर्सजन स्थलसम्म पुग्न समस्या भएको महानगरले जनाएको छ […]