फोहोरमैलाको दिगो व्यवस्थापन (सम्पादकीय)

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या आएको छ । नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइट निर्माणमा ढिलाइ भएको र वर्षाका कारण सिसडोल ल्यान्डफिल साइटमा ट्रक जान नसकेकाले फोहोर उठाउन नसकिएको काठमाडौँ महानगरपालिकाको भनाइ छ । कोरोना महामारीको समयमा फोहोर घर र सडकमै थुपार्नुपर्ने अवस्थाले जनस्वास्थ्यमा समस्या आउनसक्ने चिन्ता बढेको छ ।

सम्बन्धित सामग्री

‘फोहोर व्यवस्थापनको नेतृत्व लिनुस्, सहयोग गर्न तयार छौं’

२७ असार, काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरुले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले नेतृत्व लिनुपर्ने बताएका छन् । राष्ट्रियसभा गृहमा सोमबार बसेको उपत्यकाका स्थानीय तहका प्रमुखहरु सहभागी संयुक्त बैठकमा उनीहरुले फोहोर व्यवस्थापन लगायत अन्य साझा समस्याको दिगो व्यवस्थापन गर्न काठमाडौं महानगरले नेतृत्व लिनुपर्ने प्रस्ताव राखेका हुन् । ट्राफिक व्यवस्थापन, खानेपानी र ढल निकास […]

काठमाडौं महानगरका प्रमुख बालेन साह र फ्रान्सका राजदूतबीच भेटवार्ता

काठमाडौं- काठमाडौं महानगरका प्रमुख बालेन साह र फ्रान्सका राजदूत जील बुर्बाओबीच शिष्टाचार भेट वार्ता भएको छ । उक्त भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरणका मुख्य विषयमा कुराकानी भएको थियो । बजेट नीति तथा कार्यक्रमको तयारीमा लागि परेको र फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन […]

मेयर बालेनलाई भेटेर फ्रान्सका राजदूतले भने- 'फोहोर व्यवस्थापनमा सहयोग गर्छौं'

काठमाडौं : काठमाडौं महानगरका प्रमुख बालेन साहसँग फ्रान्सका राजदूत जील बुर्बाओले शिष्टाचार भेट गरेका छन्। प्रमुखको कार्यकक्षमा भएको भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरणका मुख्य विषयमा कुराकानी भएको थियो । ‘हामी अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा छौँ। फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्द्धनलगायतका क्षेत्रलाई हामीले प्राथमिकतामा राखेका छौँ।&

फोहोरमैलाको दिगो व्यवस्थापन (सम्पादकीय)

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या आएको छ । नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइट निर्माणमा ढिलाइ भएको र वर्षाका कारण सिसडोल ल्यान्डफिल साइटमा ट्रक जान नसकेकाले फोहोर उठाउन नसकिएको काठमाडौँ महानगरपालिकाको भनाइ छ । कोरोना महामारीको समयमा फोहोर घर र सडकमै थुपार्नुपर्ने अवस्थाले जनस्वास्थ्यमा समस्या आउनसक्ने चिन्ता बढेको छ ।

फोहोर व्यवस्थापनका दीर्घकालीन उपाय

प्रदूषण तथा फोहोरमैला काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो टाउको दुखाइको विषय बन्ने गरेको छ । काठमाडौँ मात्र होइन घनाबस्ती भएका सहर तथा सहरोन्मुख क्षेत्रमा फोहोरमैलाको व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीको रूपमा रहने गरेको छ । ल्यान्डफिल साइटमा विभिन्न कारणले फोहोर फ्याँक्नमा अवरोध हुने बित्तिकै बेलाबेलामा काठमाडौँमा फोहोर जम्मा हुन थाल्छ र फोहोरको डुङ्गुरले एक दुई दिनमै विकराल रूप लिन्छ । वास्तवमा फोहोरमैलाको दिगो व्यवस्थापन तथा फोहोरको समस्या समाधानका दीर्घकालीन उपायको खोजी हुन नसक्दा फोहोरको समस्या राजधानीबासीका लागि बल्झिरहने पिलो बनेको छ ।