काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिक्रियावादी शक्तिहरूले गठबन्धन सरकार गिराउने (ढाल्ने) प्रयास गरिरहेको बताउनुभएको छ ।
आज आइतवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित २७ औँ जनयुद्ध दिवसको अवसरमा बोल्दै अध्यक्ष दाहालले प्रतिक्रियावादी शक्तिहरूले गठबन्धन सरकार ढाल्ने प्रयास गरिरहेको बताउनुभएको हो । उहाँले गठबन्धनलाई टुटाउन र निर्वाचन प्रक्रियालाई बिथोल्नका निम्ति अनेक खालका प्रपञ्चहरू भइरहेकोसमेत बताउनुभयो ।
अध्यक्ष दाहालले गठबन्धन बनाउँदा केही सैद्धान्तिक र ...