काठमाडौं : दुबई जान भनेर आइतबार मध्यराति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ७६ नेपालीलाई विमानस्थलबाटै फर्काइएको छ। ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाका ७६ जना पदाधिकारी तथा सेयर सदस्यलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले विदेश जान रोकेको हो।उनीहरू दुबई भ्रमणका लागि नेपाल वायुसेवा निगमको विमान राति साढे ११ बजे चढ्ने तयारीमा थिए। तर अध्यागमन कार्यालयले कागजपत्र नपुगेको भन्दै जहाज चढ्न नदिएको हो।उक्त सहकारी संस्थाका एक सदस्यका अनुसार आफ्नो