लिट्मस केबल्स किन्दा दुबई जाने पाइने

काठमाडाैँ – लिट्मस केबल्स किन्दा दुबई जाने पाइने भएको छ। लिट्मस केबल्सले इलेक्ट्रीशियनहरु लाई लक्षित गरी “लिटमस केबल्स इको वाइरीङ स्मार्ट वाच देखि दुबई सम्म जान सकिन योजना ल्याएको हो। यसको मुख्य उदेश्य इलेक्ट्रिसियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्ने कम्पनीले जनाएको छ। यस योजनामा सहभागी हुनको लागि, इलेक्ट्रिसियनहरूले इको वायर खरिद गरी कुपनहरु नजिकैको […]

सम्बन्धित सामग्री

लिट्मस केबल्स किन्दा दुबई जाने मौका

काठमाडौं। लिट्मस केबल्सले इलेक्ट्रिशियनलाई लक्षित गरी ‘लिटमस केबल्स : इको वाइरिङ स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा’ योजना ल्याएको छ, जसको मुख्य उद्देश्य इलेक्ट्रिशियनको परिश्रम र समर्पणका लागि पुरस्कृत गर्ने रहेको कम्पनीको भनाइ छ । यो योजनाअन्तर्गत इलेक्ट्रिशियनले ५० कोइल्सको खरीदमा स्मार्ट वाच, १०० कोइल्सको खरीदमा ड्रिल मेशिन, ३०० कोइल्सको खरीदमा एयर कुलर पाउने बताइएको छ । कम्पनीका अनुसार ५०० कोइल्सको खरीदमा मुक्तिनाथको यात्रा वा मोबाइल र १ हजार कोइल्सको खरीदमा टिभी जस्ता आकर्षक उपहार जित्न सकिने कम्पनीको भनाइ छ । १५ सय कोइल्सको खरीदमा वासिङ मेशिन र २५ सय कोइल्सको खरीदमा दुबई यात्राको अवसर पाइने कम्पनीले जानकारी दिएको छ । यो योजनामा सहभागी हुन इलेक्ट्रिशियनले इकोवायर–जेडएच खरीद गरी कुपनहरू नजिकको लिटमस केबल्सको डिलरमा नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको संख्याको विस्तृत जानकारी बुझाउनुपर्ने बताइएको छ । पुुस १ गतेदेखि शुरू भएको यो योजना आगामी असार ३१ सम्म चल्नेछ ।