दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा दुई यात्रुबहाक विमान ठोक्किए

एजेन्सी। युनाईटेड अरब इमिरेट्सको दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आज दुईवटा यात्रुबहाक आपसमा ठोक्किएका छन्। फ्लाई दुबई र गल्फ एयरका विमान आपसमा स्थानीय समयअनुसार बिहान आपसमा ठोक्किएका थिए। दुबई एयरपोर्टका अनुसार घटनामा कोही हताहत भएको छैन। घटनाको ६ घण्टापछि ठोक्किएका जहाजका यात्रुलाई अन्य जहाजमा राखी गन्तव्यतर्फ पठाइएको थियो। घटनाको अनुसन्धान सुरु गरिएको छ। आपसमा ठोक्किदा फ्लाई दुबईको विङ्गटिपमा क्षति पुगेको छ।

सम्बन्धित सामग्री

हानेदा विमानस्थलमा दुई विमान ठोक्किए

एजेन्सी। टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् । जापानको यातायात मन्त्रालयले जनाएअनुसार (स्थानीय समय ) बिहान ११:०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा विमानस्थलको धावनमार्ग मा ठोक्किएको देखिएको स्थानीय सञ्चारमाध्यमले विमानस्थल स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेका छन्। ती दुई विमानहरू अहिले धावनमार्गमा […]

त्रिभुवन विमानस्थलमा यती र बुद्ध एयरका विमान ठोक्किए

काठमाडौं :  त्रिभुवन विमानस्थलमा यती र बुद्ध एयरका दुई विमान आपसमा ठोक्किएका छन्। जनकपुर जान लागेको बुद्ध एयरको विमानले रोकिराखेको यती एयरलाइन्सको विमानलाई ठक्कर दिएको हो।  विमान ठोक्किँदा दुवै विमानमा सामान्य क्षति भएको  विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले थाहाखबरलाई जानकारी दिए। विमान ठोक्किए...