तालिवानले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएकाे छ । तालिवानको धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरुलाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । बुर्कासहितका पोस्टर क्याफे, पसललगायतका महिलाहरुको जमघट हुने स्थानमा टाँसिएको छ । १५ अगस्टमा सत्तामा पुगेपछि तालिवानले महिलाहरुका अधिकार कटौती गर्दै आएका छन् । ‘शारिया कानुनअनुसार महिलाले हिजाव लगाउनै पर्छ ।’ पोस्टरमा भनिएको छ । सत्तापलटपछि तालिवानले पुर्नःस्थापन