मोदी विरोधी पोस्टर टाँस्ने २५ जना पक्राउ

बीबीसी। कोरोनाका सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै पोस्टर छाप्ने र टाँस्ने २५ जनालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ। समाचार संस्था पीटीआईका अनुसार पोस्टर दिल्लीका विभिन्न क्षेत्रमा टाँसिएका छन्। पोस्टर टाँस्ने विद्यार्थी, टेम्पोचालक र मजदुर रहेको प्रहरीले बताएको छ। दिल्लीमात्र होइन पूरै भारत कोरोना नियन्त्रणका लागि संघर्ष गरिरहेको समयमा प्रहरीले पोस्टर टाँस्नेलाई पक्राउ गरेको हो।