नेपाल र बंगलादेश सरकारबीच दोहोरो करमुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशका तर्फबाट अर्थ मन्त्रालयका वरिष्ठ सचिव मोसहरफ हुसैन भुईयानले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रको हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा र बंगलादेशकी राजदूत मसेफ बिन्टे सामसमेत उपस्थित थिए ।
सम्झौतापछि रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को देशमा बसेर आर्जन गरेको सम्पत्ति सोही देशमा मात्रै कर तिर्दा हुन्छ । अर्थ मन्त्रालयका अनुसार एउटा देशमा मात्रै कर तिर्ने व्यवस्था गरे लगानीकर्तालाई उचित वातावरण हुने भएपछि दुवै मुलुकले दोहोरो कर तिर्न नपर्ने गरी सम्झौता गरेका हुन् ।