नेपाल र भारतबिच चार वटा सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबिच शनिवार चार वटा समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा उक्त समझदारी तथा सम्झौता पत्रमा दुई देशका सम्बन्धित अधिकारीले हस्ताक्षर गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भएको नेपाल–भारत द्विपक्षीय बैठकपछि समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। समझदारी तथा […]

सम्बन्धित सामग्री

एक दर्जन लघुवित्त कम्पनी मर्जर प्रक्रियामा, कुन कम्पनी कोसँग मर्ज हुँदै ?

काठमाडौं । पछिल्लो समय लघुवित्त कम्पनीहरूमा मर्जरको लहर चलेको छ । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने लघुवित्त कम्पनीलाई सुविधा दिने भएपछि मर्जरमा जान थालेका हुन् ।  राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै निरन्तरता दिएको छ । २०८१ असारसम्म एकीकृत कारोबार गरे विभिन्न सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ । सोही अनुसार पछिल्लो समय लघुवित्त कम्पनीहरूमा पनि मर्जरको लहर चलेको हो ।   पछिल्लो समय १२ वटा लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा गाभ्ने तथा गाभिने र प्राप्तिका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साधना र सबैको लघुवित्त, किसान र जाल्पा सामुदायिक लघुवित्त, मानुषी र श्रृजनशील लघुवित्त, मिर्मिरे र नेरुडे लघुवित्त, सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्त, समता घरेलु र मनकामना स्मार्ट लघुवित्तबीच मर्जर सम्झौता भइसकेको छ । साधना लघुवित्त र सबैको लघुवित्तले गत भदौ १५ गते गाभ्ने तथा गाभिने (मर्जर)सम्बन्धी प्रारम्भिक सम्झौता गरेका हुन् ।  दुवै कम्पनीको शेयर स्वाप रेसियो समान अर्थात् १ः१ अनुपातमा मर्ज हुने सहमति भएको कम्पनीले बताएको छ । राष्ट्र बैंकबाट पहिलो चरणको स्वीकृति पाएको कम्पनीले जानकारी दिएको हो ।  दुवै कम्पनी राष्ट्रियस्तरमा कारोबार गरिरहेका छन् । सबैको लघुवित्तको केन्द्रीय कार्यालय तनहुँको बन्दीपुरमा छ भने साधना लघुवित्तको गोरखाको हरमटारीमा छ । सबैको लघुवित्तको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ छ भने साधना लघुवित्तको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ छ । मर्जरपश्चात भने कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।  किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरमा जान गत साउन ९ गते प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका हुन् । यी दुई अहिले कम्पनीको डिडिए भइरहेको किसान लघुवित्तका सूचना अधिकारी नवराज पोखरेलले जानकारी दिए । सम्पत्ति र दायित्वको विस्तृत मूल्याङ्कन (डीडीए) भएपछि मात्रै स्वाप रेसियो निर्धारण हुनेछ ।  हाल किसान लघुवित्तको करीब ५० करोड रुपैयाँ चुक्ता पूँजी छ भने जाल्पा सामुदायिक लघुवित्तको १८ करोड रुपैयाँ छ । समान हैसियतमा मर्जरमा गएमा मर्जरपश्चात बन्ने कम्पनीको चुक्ता पूँजी ६८ करोड रुपैयाँ पुग्नेछ ।  मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त संस्थाले मर्जरमा जान २०७९ चैत २ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । पुस मसान्तभित्र एकीकृत कारोबार शुरु गर्ने तयारी भएको मानुषी लघुवित्तको वरिष्ठ अधिकृत मुरारी सापकोटाले बताए । डीडीए भएर आएपछि स्वाप रेशियो निर्धारण हुने उनको भनाइ छ । मानुषी लघुवित्तको केन्द्रीय कार्यालय, काभ्रे बनेपामा रहेको छ भने श्रृजनशिल लघुवित्तको केन्द्रीय कार्यालय, सिरहाको गोलबजारमा रहेको छ । मानुषी लघुवित्तको चुक्ता पूँजी १० करोड ९३ लाख रुपैयाँ रहेको छ भने श्रृजनशील लघुवित्तको १० करोड ९३ लाख रुपैयाँ छ । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा गएमा बन्ने कम्पनीको चुक्ता पुँजी २१ करोड ८७ लाख रुपैयाँ पुग्नेछ ।  नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच गत पुस १२ गते मर्जर सम्झौता भएको थियो । यी दुई कम्पनी १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुन लागेका हुन् । कात्तिक ३ गतेको पत्रमार्फत नेपाल राष्ट्र बैंकले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । अब आवश्यक प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरु गर्नेछन् । मर्जरपश्चात बन्ने कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ ।  सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तबीच १ः०.८५ अनुपात मर्जरमा जान लागि अन्तिम सम्झौता गरेका छन् । २०७९ फागुन २९ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका कम्पनीहरूलाई मर्जरका लागि राष्ट्र बैंकले २०८० जेठ ३ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो । अब आवश्यक प्रक्रिया पूरा गरेर राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार शुरु गर्नेछन् ।  समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्न गत भदौ ७ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । राष्ट्र बैंकमा मर्जर तथा प्राप्तिका लागि संयुक्त निवेदन दिइसकेको मनकामना स्मार्ट लघुवित्तले जानकारी दिएको छ ।  राष्ट्र बैंकले प्रारम्भिक स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर डीडीए भएपछि मात्रै शेयर स्वाप रेशियो निर्धारण हुने कम्पनीको भनाइ छ ।

हिमाल आरोहणमा कारोबारकर्मी श्रेष्ठलाई नेपाल लाइफको साथ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हिमाल आरोहणमा परिचित पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र कारोबार आर्थिक राष्ट्रिय दैनिककी फोटो पत्रकारसमेत रहेकी श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।गोर्खाको मध्यम परिवारमा जन्मिएकी उनले सगरमाथासहित नेपालको आठ हजार मीटरभन्दा माथि उचाइमा रहेका सात वटा […]

दक्षिण एसियामा सबैभन्दा ठूलो एकल विद्युतीय गाडीहरुको फ्लीट संचालन

नेपालका लागि BYD अटो इन्डष्ट्रि कम्पनी लि. को आधिकारिक वितरक साइमेक्स इन्क प्रा. लि. ले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपाल प्रा. लि. सँग ५० वटा इमिसन फ्री, रेन्टल फ्लीट द्यथ्म् भट इलेक्ट्रिक क्ग्ख् संचालनको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

दक्षिण एसियामा सबैभन्दा ठूलो एकल विद्युतीय गाडीहरुको फ्लीट संचालन

नेपालका लागि BYD अटो इन्डष्ट्रि कम्पनी लि. को आधिकारिक वितरक साइमेक्स इन्क प्रा. लि. ले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपाल प्रा. लि. सँग ५० वटा इमिसन फ्री, रेन्टल फ्लीट द्यथ्म् भट इलेक्ट्रिक क्ग्ख् संचालनको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौता पत्रमा हस्ताक्षर

नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने भारत भ्रमणका क्रममा शनिबार नेपाल र भारतबीच चार वटा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल बैंक र त्रिभुवन विश्वबिद्यालयबिच सेवाग्राही कर्जा सम्झौता, बिना धितो ऋण

नेपाल बैंक र त्रिभुवन विश्वबिद्यालयबीच उक्त विश्वबिद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो रु. १५ लाख सम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वबिद्यालयको सिफारिसको आधारमा त्यहां कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आम्दानीको आधारमा विना धितो सुलभ व्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ । आज मंसिर ८ गते त्रिभुवन विश्वबिद्यालय किर्तिपुरमा उक्त सम्झौता सम्पन्न भएको हो । त्रिभुवन विश्वविधालयका उपकुलपति प्रा. डा. धर्मकान्त वास्तोला र  नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको उपस्थितिमा त्रिभुवन विश्वबिद्यालयका तर्फबाट आर्थिक महाशाखा प्रमुख कुमार प्रसाद हुमागाई र नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषाल, रजिष्टार प्रा. डा. पेसल दाहाल, नेपाल बैंक लिमिटेडका रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलका साथै बैंकको किर्तिपुर शाखाका शाखा प्रबन्धक ज्ञान राज गौतम लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सम्झौता कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्तोलाले नेपाल बैंक र त्रिभुवन विश्वबिद्यालय बीचको धेरै पुरानो सम्बन्ध रहेको स्मरण गर्दै नेपाल बैकले त्रिभुवन विश्वबिद्यालयमा प्रदान गर्दै आएको अटुट सेवाको उच्च प्रसंसा गर्दै नेपाल बैकलाइ धन्यबाद दिएका छन् । यो सेवाग्राहि कर्जाको सम्झौताबाट त्रिभुवन विश्वविद्यालयमा कार्यरत सम्पूर्ण प्राध्यापक÷शिक्षक तथा कर्मचारीहरुले बढी भन्दा बढी लाभ लिन सक्ने विश्वास ब्यक्त गर्दै भविष्यमा दुवै पक्षले अधिकतम लाभ लिन सक्ने थप नयां–नयां कार्यक्रमहरु अगाडि बढाउन अनुरोध समेत  गरेका छन् । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले देशका दुइ वटा जेठा संस्थाहरुवीच ऐतिहासिक सम्बन्ध रहेको बताउदै सेवाग्राही कर्जाको यो सम्झौताबाट त्रिभुवन विश्वबिद्यालयका सम्पूर्ण कर्मचारीहरु लाभान्वीत हुने विश्वास व्यक्त गरेका छन्। त्यसैगरि नेपाल बैंकले प्रदान गर्ने सेवामा थप सहजता ल्याइ अझै उत्कृष्ठ सेवा प्रदान गर्ने प्रतिबद्घता पनि उनले व्यक्त गरेका छन् ।

ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहबीच सम्झौता

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच सम्झौता भएको छ ।हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मुलप्रवाहमा पँहुच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।सम्झौतामा बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ तथा मुसीकोट नगरपालिकाको तर्फबाट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, इस्मा गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्ट, मालिका गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, मदाने गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष दानबहादुर के.सी. र धुर्कोट गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयूक्त रुपमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हेफर नेपालको तर्फबाट बाख्रा पालन सामुदायिक विकास परियोजनाका संयोजक अनन्तराज सिलवालले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत मुसीकोट नगरपालिका, इस्मा गाँउपालिका, मालिका गाँउपालिका, मदाने गाँउपालिका, र धुर्कोट गाँउपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपाल अन्तर्गतको बाख्रा पालन सामुदायिक विकास परियोजनाका लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई (प्रति ग्राहक अधिकतम् दश लाख रुपैया मात्र) सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ भने परियोजना अन्तर्गतका ऋणिहरुलाई हेफर प्रोजेक्ट नेपालले आवश्यक तालिमको व्यवस्था गर्नेछ । मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट  सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल र बंगलादेश बीचको मैत्रीपूर्ण फुटबल एक्सन स्पोर्टसले लाइभ गर्ने

दशरथ रंगशालमा बिहिबार र आइतबार हुने नेपाल र बंगलादेश राष्ट्रिय महिला टोलीबीचको मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण डिस होम एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) र डिस मिडया नेटवर्टको एक्सन स्पोर्ट्सबीच बिहिबार प्रत्यक्ष प्रसारण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एन्फाका महासचिव इन्द्रमान तुलाधर र डीहोम अन्तर्गत ओईपीएलका चेयर म्यान दयाराम पाण्डेले हस्ताक्षर गरे ।सम्झौता अनुसार डिसहोम एक्सन स्पोर्ट्सले दुई वटा मैत्रीपूर्ण खेलको प्रसारण अधिकार प्राप्त गरेको छ । जसमा विज्ञापनबाट प्राप्त रकम डिस होम एक्सन स्पोटर््स र एन्फाले ५०÷५० प्रतिशत बाँड्नेछन् ।नेपाली महिला टोलीले एएफसी महिला एसियन कप २०२२ को तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । छनोट खेलमा ९ दिनपछि उज्वेकिस्तानमा हुँदैछ । नेपाल समूह ‘एफ’मा परेको छ । नेपालको समूहमा फिलिपिन्स र हंङकङ छन् । समूहको शीर्ष टोली सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपमा सहभागी बन्नेछ ।

नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबल डिसहोम एक्सन स्पोर्ट्समा

दशरथ रंगशालमा बिहिबार र आइतबार हुने नेपाल र बंगलादेश राष्ट्रिय महिला टोलीबीचको मैत्रीपूर्ण फुटबल खेलको प्रतक्ष प्रसारण डिस होम एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र डिस मिडया नेटवर्टको एक्सन स्पोर्ट्सबीच बिहिबार प्रतक्ष प्रसारण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एन्फाका महासचिव इन्द्रमान तुलाधर र डीहोम अन्तर्गत ओईपीएलका चेयर म्यान दयाराम पाण्डेले हस्ताक्षर गरे । सम्झौता अनुसार डिसहोम एक्सन स्पोर्ट्सले दुई वटा मैत्रीपूर्ण खेलको प्रसारण अधिकार प्राप्त गरेको छ । जसमा विज्ञापनबाट प्राप्त...