भारतीयले महाकाली नदीको बहाव नेपालतर्फ फर्काइदिँदा सीमामा तनाब
महाकाली नगरपालिका–४ स्थित लास्कु खोला नजिकै भारतीय पक्षले स्काभेटर लगाएर महाकालीको बहाव नेपाल फर्काउन खोज्दा स्थानीयले प्रतिवाद गरेका छन् । नदीको बहाव भारतीय पक्षले नेपालतर्फ फर्काएपछि दुवैतर्फका स्थानीयबीच ढुंगा हानाहान समेत भएको थियो।
दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी रुपमा निर्माण गरेको तटबन्धका कारण नेपालतर्फ मोडिएको महाकाली नदी पुनः पुरानै धारमा फर्काउने सहमति भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबार भारतको पिथौरागढ जिल्लाको धार्चुलामा भएको छलफलमा १० दिनभित्र नदीलाई पुरानै धारमा फर्काउने सहमति भएको हो ।
काठमाण्डाै - भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलेपछि आज दिनभर महाकाली नदीको बहाव बढ्ने भएको छ ।
भारतले आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म धौलीगङ्गा जलविद्युत् आयोजनाको नहर सफाइ गर्न बाँध खोल्दा महाकाली नदीको बहाव बढ्ने भएकाले दिनभर नै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।
सकभर नदी किनारमा नजान र तटीय क्षेत्रमा विशेष ख्याल गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले आग्रह गर्नुभएको छ ।
नेपाल-भारत छुट्याउने दार्चुलाको सीमा क्षेत्र महाकाली नदी किनारमा भारतले एकतर्फीरूपमा आफूखुसी तटबन्ध गर्न थालेको छ। स्थानीयको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले आफूखुसी महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी पक्की तटबन्ध निर्माण गर्न थालेको हो।भारतीय पक्षले दार्चुला सदखलंगाको पारिपट्टि बाङ्गाबगड-लास्कुखोलामहाकाली नदी किनार-नमसिकारकिम्तडीसम्मको किनारै पक्की तटबन्ध निर्माण गर्न थालेपछि स्थानीयले विरोध गरेका छन् । भारतले पहिलेको तटबन्धभन्दा ९ मिटर वरै (नेपालतर्फ) सीमा रहेको महाकाली नदीको पा
कञ्चनपुर : महाकाली नदी बस्तीमा छिर्नबाट रोक्नका लागि अस्थायी तटबन्ध निर्माण सुरु गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरू तटबन्ध निर्माणमा जुटेका छन्।भीमदत्त नगरपालिका १२ भुजेल ऐरीघाट क्षेत्रमा तारजालीमा ढुङ्गा राखेर तटबन्ध निर्माण कार्य अगाडि बढाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए। ‘पहुँच मार्ग तोडेर बस्तीमा छिरेको नदीको बहाव रोक्नका लागि तटबन्ध निर्माणको कार्य भइरहेको छ&rsquo
काठमाडौं, २ कात्तिक । बेमौसमी भारी वर्षाले देशका ठूला नदी उर्लिएका छन् । बाढीले ठूलो क्षति पुर्याएको छ । महाकाली नदी उर्लिएको छ । कर्णाली नदीले सतर्कता तह पार गरेको छ । नेपाल बाढी सूचनाले जुम्लास्थित तिला नदी सेरीघाटले सतर्कता तह पार गरेको जनाएको छ । खुटीया खोला, डोटीस्थित सेती नदी, गण्डकी, रंगुन नदीमा बहाव […]
केही दिनदेखि लगातारको वर्षाले महाकाली नदी र अन्य खोलामा पानीको बहाव बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा–कञ्चनपुर बग्ने महाकाली नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका हुन् । बैतडी, दार्चुला र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाकालीमा पानीले खतरा सतह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव
दार्चुला । केही दिनदेखि लगातारको वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । वर्षाले महाकाली नदी र अन्य खोलामा पानीको बहाव बढेको छ । दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा–कञ्चनपुर बग्ने महाकाली नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका हुन् ।
काठमाण्डाै - पश्चिम राप्ती, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढेसँगै बाढीको चेतावनी जारी भएको छ ।
तीन वटा नदीमा पानीको बहावले खतराको तह पार गरेको र थप पानी परिरहेकाले चेतावनी जारी गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
बाँँके, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट र आसपासका जिल्लाहरुमा ठूलो पानी परिरहेको र दिउँसो पनि पानी पर्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।
ताउ–ते चक्रवातको प्रभावका कारण सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही ठाउँ...
महाकाली नदीमा एक्कासि पानीको मात्रा बढ्दा दार्चुला सदरमुकाम आसपास नदी किनारमा निर्माणाधीन पक्की तटबन्धको काम प्रभावित भएको छ । एक महिनाअघि महाकाली नगरपालिका–१ श्रीबगड क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको थियो । तर काम गर्ने समयमा एक्कासि नदीमा पानीको बहाव बढ्न थालेपछि जग राख्न समस्या भएको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ ।