शैक्षिक संस्थाको परम्परागत शिक्षा ब्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनको लागि डिजि टेक्नोलोजी प्रालिले 'स्कूल वर्क्स प्रो' सञ्चालनमा ल्याएको छ ।
डिजिटल नेपालको महाअभियान चलिरहेको बेला स्कूल वर्क्स प्रो विद्यालय र कलेजलाई डिजिटल बनाउने एक उत्कृष्ट सफ्टवेयर बनेको डिजि टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रमोद पौडेलले जानकारी दिए ।
सफ्टवेयर मार्फत अभिभावकले घरमै बसेर आफ्ना बालबालिकाको शैक्षिक अवस्था, स्कूल फि, विद्यालयको एकेडेमीक क्यालेन्डर हेर्न सक्नेछन् जसले गर्दा विद्यार्थीको पढाइको स्तर बुझ्न परीक्षा नै...