भारतको दिल्ली सरकारले २९ नोभेम्बरदेखि सबै स्कूल, कलेज खोल्ने निर्णय गरेको छ ।
बुधवार भएको समीक्षा बैठकमा स्कूल, कलेज, कार्यालय खोल्ने निर्णय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तिहारपछि बढेको वायु प्रदूषणका कारण सरकारले स्कूल लगायत क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले निजी सवारीसाधन प्रयोगमा भने कडाइ गरेको छ । धेरै सवारीसाधन प्रयोग हुँदा प्रदूषण बढ्ने भएकाले सार्वजनिक यातायातमा यात्रा गर्न दिल्ली सरकारले निर्देश गरेको छ ।
आगामी २ दिनसम्म दिल्लीमा ट्रकलाई प्रवेश निषेध समेत गरिएको छ । सरकारले प्र...