काठमाण्डाै - देशका धेरै ठाउँमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण गएरातिदेखि नै पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँकाअनुसार अहिले प्रदेश-१ बाहेक अन्य प्रदेशको मौसम बद्ली भएको छ । आज पश्चिमी क्षेत्रसँगै अन्य ठाउँमा पनि पानी पर्ने सम्भावना छ ।
काठमाण्डौ उपत्यकामा केही ठाउँमा दिउँसाे वर्षा हुने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँकाअनुसार पर्सिसम्...