देशभर कतै वर्षा कतै हिमपात,पर्वतारोहण-हवाइ यात्रा नगर्न मौसविदको आग्रह

आज काठमाडौँ लगायतका धेरैजसो स्थनमा पानी परिरहेको छ । मौसविदहरुको अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बुधबार बिहानैबाट पानी परिहेको हो ।  काठमाडौमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाले यसअघि नै केहीदिन पानी पर्ने संभावना रहेको जनाएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा […]

सम्बन्धित सामग्री

प्रिमनसुनः काठमाडौँसहित देशभर वर्षा

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँसहित देशभर प्रिमनसुन वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रहनाका साथै देशका विभिन्न स्थानमा वर्षा भएको हो। महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भू–भागबाहेक देशभर वर्षा भएको छ। प्रिमनसुन सुरु भएपछि आज पहिलोपटक काठमाडौँसहित देशभर वर्षा भएको हो। ‘मार्च […]

अझै केही दिन देशभर वर्षा हुने

केही दिनयता देशभर व्यापक वर्षा भैरहेको नेपालमा अझै केही दिन देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । “आगामी सोमबारदेखि मनसुन थप सक्रिय हुने …

आजको मौसम : देशभर वर्षा

काठमाडौं : सोमबार देशभर वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित छ। त्यसैले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हाल देशका प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मंगलबार पनि देशभर सामान्य देखि पूर्ण बदली रहने

आजको मौसम : देशभर बदली र वर्षा हुने

काठमाडौँ । देशभर अहिले सामान्यदेखि पूर्ण बदली छ । प्रदेश नम्बर-१, वाग्मती प्रदेश र र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । […]

आज पनि देशभर वर्षा

काठमाडौं :  मौसम पूर्वानुमान महाशाखाले मंगलबार पनि देशभर वर्षा हुने सम्भावना रहेको जनाएको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मंगलबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।  दिउँसो देशको पहाडी भू–भागका केही स्थानमा चट्याङसहित  मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम

देशभर तीन दिन वर्षा हुने

काठमाडौं । आज मंगलबारदेखि मनसुन थप सक्रिय भएर तीन दिनसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ । पूर्वी नेपालमा सोमबार रातिदेखि नै वर्षा हुने क्रम सुरु […]

देशभर वर्षा र हिमपात, कहिलेसम्म रहला यस्तो ?

अहिले देशभर वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर सामान्य देखि पूर्ण बदली भएर मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपात भइरहेको छ । वर्षा र हिमपातका कारण चिसो समेत बढेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार पनि मौसम यस्तै रहनेछ । आइतवारबाट भने मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।  चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिनका लागि आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरकेो छ ।

देशभर आंशिकदेखि सामान्य बदली र वर्षा

हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १ र बागमती...

पुनः मनसुन सक्रिय: आगामी साता देशभर वर्षा हुने

आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् समिर श्रेष्ठले भने, “अबको केही दिन देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ । ” उनका अनुसार वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुने औंल्याएको छ ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं

देशभर हल्का देखि मध्यम वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भईरहेको छ भने तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक/दुई स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा […]