बर्थिङ सेन्टरमा सुत्केरी हुनेको आकर्षण बढ्दो

सुडेनी महिलाको सहायतामा घरमै सुत्केरी हुने परम्परा परिवर्तन हुँदै गएको छ । हिमाली जिल्ला हुम्लाका महिला पछिल्लो समय स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीबाट सुत्केरी सेवा लिन थालेका छन् । सीप नेपालले बनाएको आधारभूत सामुदायिक स्वास्थ्य एकाई र चंखेली गाउँपालिकाको सहकार्यमा पिप्पलाङ बर्थिङ सेन्टरको स्थापना भएपछि गर्भवती महिलालाई सहज भएको हो ।   चंखेली गाउँपालिका–४ मा रहेको पिप्पलाङमा असोजदेखि बर्थिङ सेन्टरको स्थापना हुँदा यहाँ आसपासका गाउँका महिलाले नियमित गर्भजाँच गराउन थालेका छन् । पुस १३ गते सोमवार पहिलो...

सम्बन्धित सामग्री

राप्ती सोनारीमा ‘एक वडा, एक बर्थिङ सेन्टर’

बाँकेको राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसुति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ।

राप्ती सोनारीमा वडैपिच्छे बर्थिङ सेन्टर

बाँके : राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसुति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ। सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज वा अन्य छिमेकी स्थानीय तहमा पुग्नु पर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाका नौवटै वडामा प्रसूती गृह सञ्चालनको तयारी गरिरहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए।‘गाउँपालिकाले सबै वडामा बर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ’, उनले भने, ‘आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर सञ्चालन गरेर घ

बर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी

महाकाली नगरपालिका–६ मा बर्थिङ सेन्टर नहुँदा सुत्केरी महिला अझै पनि घरमै बच्चा जन्माउन बाध्य छन्। वडामा स्वास्थ्य चौकीसमेत नहुँदा यहाँका अधिकांश महिलाले ज्यान जोखिमा राखेर घरमै बच्चा जन्माउने गरेका छन्। गत...

सिन्धुपाल्चोककाे पाँचपोखरीमा बर्थिङ सेन्टर स्थापना

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको छ । ८ वटा वडा रहेका पालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको हो । घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले गर्भवती तथा सुत्केरीका लागि विभिन्न सुविधा व्यवस्था गरेको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनाएकाे छ । गर्भवतीका लागि पालिकाभित्र निःशुुल्क एम्बुलेन्स […]

हिमाली गाउँ पाँचपोखरीको आठवटै वडामा बर्थिङ सेन्टर

भौगोलिक हिसाबले निकै कठिन रहेको हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना भएका छन् । आठ वटा वडा रहेका पालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको हो । घरमै सुत्केरी हुने अवस्था अन्त्य गर्ने लक्ष्यका साथ पालिकाले गर्भवती तथा सुत्केरीका लागि विभिन्न सुविधा व्यवस्था गरेको गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिनुभयो । […]

म्याग्दीको भकिम्लीमा ‘बर्थिङ सेन्टर’ बन्दै

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) निर्माण हुने भएको छ। ‘वानहर्ट वल्डवाइड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा रु ४५ लाखका लागतमा उक्त केन्द्र बन्न लागेको हो।

बेनीको भकिम्लीमा ‘बर्थिङ सेन्टर’ बन्ने

गलेश्वर – म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) निर्माण हुने भएको छ। ‘वानहर्ट वर्ल्डवाइड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा रु ४५ लाखकाे लागतमा उक्त केन्द्र बन्न लागेको हो। अत्याधुनिक उपकरणसहितको जिल्लाकै नमुना बर्थिङ सेन्टर बनाउने योजनासहित नगरपालिकासँग सम्झौता गरिएको बेनी–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले जानकारी दिए। ‘बर्थिङ सेन्टरका बनाउन बेनी नगर […]

भकिम्लीमा ‘बर्थिङ सेन्टर’ बन्ने

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर) निर्माण हुने भएको छ । ‘वानहर्ट वल्डवाइड’ नामक संस्था र बेनी नगरपालिकाको सहकार्यमा रु ४५ लाखका लागतमा उक्त केन्द्र बन्न लागेको हो ।अत्याधुनिक  उपकरणसहितको जिल्लाकै नमूना बर्थिङ सेन्टर बनाउने योजनासहित  नगरपालिकासँग सम्झौता गरिएको बेनी–३ भकिम्लीका वडाध्यक्ष पदम पुनले जानकारी दिए ।“बर्थिङ सेन्टरका बनाउन बेनी नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र वानहर्

माझकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालन

स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोट स्वास्थ्यचौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिन थालिएको छ। बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख सङ्गीता गहतराजले जानकारी दिइन्।

पर्सा गाउँपालिकामा बर्थिङ सेन्टर सञ्चालन

सर्लाही : पर्सा गाउँपालिका-५ स्थित पर्सागाउँमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन्।गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतोले सामान्य अवस्थाका सुत्केरीलाई अब गाउँकै बर्थिङ सेन्टरमा सुत्केरी गराउन सक्नेगरी स्वास्थ्यकर्मी र उपकरणको व्यवस्था मिलाइएको बताए। उनका अनुसार बर्थिङ सेन्टरमा तत्कालका लागि करारमा चार जना अनमी नियुक्त गरिएको छ।नेपाल सरकारले गर्भवतीहरुलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्दै आइरहे पनि यस गाउँपालि