झापामा स्काउट र नेपाली सेनाको सहकार्यमा शव व्यवस्थापन हुने

झापा। जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले स्काउट र नेपाली सेनाको सहकार्यमा कोरोनाको संक्रमणबाट मृत्यु हुने मानिसको शव व्यवस्थापन गर्ने निर्णय गरेको छ। आज सम्मन्न भएको डीसीसीएमसीको बैठकमा यस्तो निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताए। झापामा स्काउट र नेपाली सेनाको सहकार्यमा केहीदिन अगाडि शव व्यस्थापन तालिम सम्पन्न भएको थियो।

सम्बन्धित सामग्री

झापामा शव व्यवस्थापनमा स्काउटको टोली

झापा । नेपाली सेनासँगको सहकार्यमा जिल्लामा पहिलोपटक कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव नेपाल स्काउटको टोलीले व्यवस्थापन गरेको छ । स्काउट प्रदेश नम्बर–१ का सदस्य अरूण बस्नेत नेतृत्वको टोलीले भद्रपुर–६ का ८४ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएपछि सेनासँगको सहकार्यमा शनिबार शव व्यवस्थापन गरेको हो । कोरोना संक्रमितको मृत्युदर...

विराटनगरमा स्काउटद्वारा संक्रमितको शव व्यवस्थापन शुरू

हरिहर नेपाल, विराटनगर । नेपाली सेनाले गरिरहेको कोरोना संक्रमितको शव व्यवस्थापन नेपाल स्काउटका सदस्यले पनि शुरू गरेका छन् । केही दिनअघि झापामा नेपाली सेनाबाट शव व्यवस्थापनको तालिम लिएका स्काउटका सदस्यले विराटनगरमा संक्रमितको शव व्यवस्थापन शुरू गरेका हुन् । नेपाल स्काउट प्रदेश १ तदर्थ समिति संयोजक रवि खनालको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका– ३ का ५४ […]

पहिलोपल्ट स्काउटले गर्‍यो कोरोना संक्रमितको शव व्यवस्थापन

१७ जेठ, काठमाडौं । पहिलोपल्ट नेपाली सेनाबाट तालिम प्राप्त नेपाल स्काउटका स्वयंसेवकहरूले कोरोना संक्रमितको शव व्यवस्थापन गरेका छन् । प्रदेश नम्बर १को राजधानी विराटनगरमा आज नेपाल स्काउट प्रदेश तदर्थ समितिका संयोजक रवि खनालको नेतृत्वमा नेपाली सेनाबाट …

शव व्यवस्थापनमा नेपाल स्काउट

नेपाल स्काउटले कोरोना सङ्क्रणबाट निधन भएकाको शव व्यवस्थापनमा सघाउन थालेको छ । स्काउटको प्रदेश नं.१ को राजधानी विराटनगरमा आज स्काउटको प्रदेश तदर्थ समितिका संयोजक रवी खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटकर्मीको टोलीले विराटनगरका ५४ वर्षीय पु...

स्काउटले सम्पन्न गर्‍यो शव व्यवस्थापन तालिम

काठमाडौं। नेपाल स्काउटले प्रदेश नं १ को चन्द्रगढीमा शव व्यवस्थापन तालिम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको आयोजना प्रदेश स्काउट कार्यलय र नेपाली सेनाको सहकार्यमा गरेको हो । ५ दिने तालिममा स्काउटरसहित रोभर रेन्जरको सहभागिता रहेको थियो। पछिल्लो समयमा कोभिड १९ को संक्रमणले मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सहज बनाउने उद्देश्यले तालिम सम्पन्न गरेको स्काउट प्रदेश संयोजक रवि खनालले बताए।