स्काउटले सम्पन्न गर्‍यो शव व्यवस्थापन तालिम

काठमाडौं। नेपाल स्काउटले प्रदेश नं १ को चन्द्रगढीमा शव व्यवस्थापन तालिम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको आयोजना प्रदेश स्काउट कार्यलय र नेपाली सेनाको सहकार्यमा गरेको हो । ५ दिने तालिममा स्काउटरसहित रोभर रेन्जरको सहभागिता रहेको थियो। पछिल्लो समयमा कोभिड १९ को संक्रमणले मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सहज बनाउने उद्देश्यले तालिम सम्पन्न गरेको स्काउट प्रदेश संयोजक रवि खनालले बताए।

सम्बन्धित सामग्री

झापामा स्काउट र नेपाली सेनाको सहकार्यमा शव व्यवस्थापन हुने

झापा। जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले स्काउट र नेपाली सेनाको सहकार्यमा कोरोनाको संक्रमणबाट मृत्यु हुने मानिसको शव व्यवस्थापन गर्ने निर्णय गरेको छ। आज सम्मन्न भएको डीसीसीएमसीको बैठकमा यस्तो निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताए। झापामा स्काउट र नेपाली सेनाको सहकार्यमा केहीदिन अगाडि शव व्यस्थापन तालिम सम्पन्न भएको थियो।