३ प्रतिशत जनसंख्या काम खोज्दै विदेश

काठमाडाैं । चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीका करिब ८ लाख युवा जाने देखाएको छ । कुल जनसंख्याको करिब ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था कस्तो होला ? अहिले नै नेपाली निजी क्षेत्रले सबै प्रकारका (दक्ष, अर्थदक्ष र अदक्ष) काम गर्ने जनशक्तिको अभाव झेलिरहेको छ […]

सम्बन्धित सामग्री

आर्थिक मन्दीको असर : काम छोडेर विदेश पलायन हुँदै उद्योगी-व्यवसायी

चितवन । कोरानाको असरका कारण आर्थिक मन्दी चुलिैदै गएपछि चितवनका उद्योगी व्यवसायी पलायन हुंँदै गएका छन । पछिल्ला समय बैंकको व्याज, विभिन्न कर, भाडा  लगायत चालु खर्च धान्न नसकिएपछि कतिपय उद्योगी व्यवसायी विदेश पलायन भएका छन त कतिपयले व्यवसायनै छाडेर विकल्पको खोजीमा छन । उत्पादन अनुसार बजारमा उपभोग्य सामानको समेत माग नहुँदा उद्योगहरु समेत पूर्ण क्षमतामा चल्न सकेका छैनन । चितवनमा बिशेषगरी पोल्ट्री, निर्माणजन्य सामाग्रीका उद्योग एवं फेन्सी पसलमा यसको बढी असर परेको व्यवसायी बताउंँछन ।  कोरानापछि अधिकांश व्यवसाय धराशायी बन्दै गएपछि व्यवसाय छाड्ने र विदेश पलायन हुने क्रम बढेको उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ बताउंँछन । ‘उद्योगी व्यवसायले आश गर्दा गर्दा व्यवसायमा कुनै प्रगति भएन , जसले गर्दा कतिपयले बाटोनै बदले ।’ श्रेष्ठले भने ।  बैंकको व्याज, दोहोरो तेहेरो कर, भाडा र चालु खर्च धान्न नसकेपछि व्यवसायनै छोडेर उनीहरु अमेरिका , अष्ट्रेलिया क्यानलडा पलायन हुने गरेको उनले बताए । ‘राम्रै ८, १० जना व्यवसायी विदेश पलायन भएका छन । कतिपय जाने क्रममा छन । आर्थिक मन्दीमा सुधार भएन भने थप व्यवसायीहरु पलायन हुनेछन ।’ उनले भने ।  आर्थिक मन्दीपछि आम उपभोक्तासंँग क्रयशक्तिनै कमजोर हुंँदा यस्तो अवस्था आएको उनको भनाई छ । ‘एकातिर आर्थिक गतिविधि सुस्त छ , अर्कोतिर सरकारको नीति व्यवसायी मैत्री छैन । सरकारले सबै भार हामी नीजि क्षेत्रलाई नै थोपरेको छ ।’ उनले भने, । हालै सरकारले न्यूनतम पारिश्रमिक समेत बढाएकोले उद्योग व्यवसायीमा थप निराशा उत्पन्न भएको उनको भनाई छ ।  महिनौं दिनसम्म व्यवसाय घाटामा चलेको  र विकल्पको रुपमा अन्य व्यवसायमा समेत भविष्य नदेखेपछि बाध्यताले व्यवसायी विदेश पलायन हुन लागेका हुन् । चितवनमा सबैभन्दा बढी विस्थापित र पलायन पोल्ट्री र निर्माणजन्य उद्योगका व्यवसायीहरु पलायन भएका हुन् ।  चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल केही महिनादेखि उद्योगी व्यवसायीहरु विदेश पलायन भएको  र केही व्यवसायीहरुले विकल्प रोजेको बताउंँछन । उनका अनुसार आर्थिक मन्दीको सबैभन्दा बढी असर पोल्ट्रीमा छ अर्को निर्माण सामाग्री उद्योग र निर्माण कम्पनीलाई छ । ।  हाल यी क्षेत्रका उद्योग व्यवसाय ३० देखि ५० प्रतिशत क्षमतामा मात्र चलेको उनको भनाई छ ।  उद्योगमा आवश्यक पर्ने दक्ष युवाशक्ति विदेशिनु, उपभोक्तासंँग क्रय क्षमतामा ह्रास आउनु र बैंक व्याज एकल विन्दुमा नआउनुले पनि उद्योग व्यवसायी पलायन हुनु परेको उनको भनाई छ । ‘अबको तीन बर्षसम्म उद्योगीलाई निकै गाह्रो नै हुने अबस्था देखेको छु पौडेलले भने यो समयमा जो टिक्छ उ पछि चाहिंँ राम्रैसंँग स्थापित हुन्छ ।’ पौडेलले भने ।  उद्योगी तथा थोक व्यवसायीमा मात्र नभई आर्थिक मन्दीको असर खुद्रा तथा साना व्यवसायीमा समेत परेको छ ।  बाह्रैमासे भीड हुने पसल, दोकान , सडकहरु पनि हिजोहाज सुनसान जस्तै देखिन्छन ।  फेन्सी पसल, सुनचांँदी पसल र खाद्यान्न पसलमा समेत ग्राहकको उपस्थिति न्यून छ ।  चेम्बर अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टाराई नेपाली उद्योग व्यवसायी नेपाल छाडेर विदेशमा गएर व्यापार व्यवसाय शुरु गर्न थालेको बताउंँछन । ‘यहांँ आशा र संभावना कम भयो । व्यवसायले सफलता पाउंँछ भन्ने कुनै ग्यारेन्टी पनि छैन । त्यसैले बाध्यताले पनि विदेश जान थाले ।’ भट्टराईले भने । सञ्चालनमा रहेका उद्योग व्यवसाय पनि छाड्ने कि निरन्तरता दिने भन्ने अन्योलमा अधिकांश व्यवसायी रहेको उनले बताए । ’व्यवसाय छाडौं के गर्ने विकल्प छैन , तत्काल छाड्न पनि मिल्दैन , नछाडौं दैनिक घाटामा जानु परेको अवस्था छ ।’ उनले भने ।  अबको केही बर्ष नेपालमा कुनै पनि उद्योग व्यवसायको भविष्य नदेखेकाले पनि उद्योगी व्यवसायी विदेश पलायन हुनुपरेको उनको भनाई छ ।

औपचारिक बाहेक विदेश भ्रमण नगर्ने मन्त्री किरातीको घोषणा

काठमाडौँ – संकृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले दुई देशबीचको औपचारिक भ्रमणबाहेक विदेश नजाने घोषणा गरेका छन्। किरातीले मन्त्री बनेपछि विदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भएको भन्दै आफू दुई देशको औपचारिक भ्रमणबाहेक अन्य देश नजाने बताएका हुन्। ‘यो काम गर्ने समय हो भ्रमण गर्ने होइन’ किरातीले फेसबुकमा लेखेका छन्,‘मनमा प्रश्न […]

बसाइँ सर्नुको कारण : बिहे र जागिरकाे खाेजी

काठमाडौं : बसाइँ सर्नुको मुख्य कारणमा ३८.२ प्रतिशत विवाह रहेको पाइएको छ।राष्ट्रिय तथ्यांक कार्यालयले पछिल्लो पटक बसाइँ सरिआएको स्थान हाल बसोवास गरिरहेको ठाउँभन्दा फरक गा.पा/न.पा. वा जिल्ला वा विदेश बताउने व्यक्तिहरू उक्त स्थानबाट हालको स्थानमा आउनुको मुख्य कारणमा सबैभन्दा बढी उक्त कारण पाइएको जनाएकाे हो।तथ्यांक कार्यालयले हाल बसोवास गरेको स्थानमा आउनुका अन्य कारण काम/रोजगारी १५.२ प्रतिशत, व्यापार/व्यवसाय २.८ प्रतिशत, अध्ययन/तालिम ७.८ प्रतिशत, आश्रित १९.५ प्रतिशत र प्राकृतिक प्रकोप ०.७ प्रति

आईसीपीसम्म कार्गो रेलवेको काम ९८ प्रतिशत सम्पन्न

विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा कच्चा पदार्थलगायत सामग्री ढुवानी गर्न भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको कार्गाे रेलमार्ग, स्टेशन, यार्ड र क्वार्टर निर्माण ९८ प्रतिशत सकिएको छ । नेपाल र भारतबीच कूटनीतिक रूपमा हस्तान्तरणको विषय पटकपटक उठे पनि २ प्रतिशत काम बाँकी रहेकाले हस्तान्तरण हुन सकेको छैन । केही दिनअघि सचिवस्तरीय बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले समेत बथनाहादेखि विराटनगर आईसीपीसम्म ७ दशमलव ६ किलोमीटर रेलवे तयार भएको र त्यसलाई हस्तान्तरण गरिने बताएका थिए । विदेश सचिव क्वात्राले रेलवे तयार भएको बताए पनि रेलवे यार्डबाट आईसीपी आउने २०० मीटर बाटो चौडा र पीच गर्न बाँकी छ । अहिले उक्त सडक निर्माण मन्द गतिमा भइरहेको छ । सडक निर्माण सम्पन्न भएपछि र आवास क्षेत्रमा जारी केही काम सकिएपछि भारतबाट हस्तान्तरण भए रेलवे सञ्चालन गर्न सकिने भारतीय रेलवे विभागअन्तर्गतको बथनाहा–कटहरी रेलवेका साइट इन्जिनीयर रोशनकुमार देवले जानकारी दिए । भारतीय रेलवे विभागले बथनाहाबाट आईसीपीसम्मको रेलवे ट्र्याक पटकपटक परीक्षण गरी पास गरिसकेको छ । भारतीय रेलवेले नेपाललाई आईसीपीसम्मको सम्पूर्ण निर्माण सम्पन्न भएको जानकारीसमेत दिइसकेको छ । साइट इन्जिनीयर देवले भारतीय रेलवे विभागका अधिकारीहरू हन्तान्तरणको अन्तिम तयारीमा जुटेको बताए । रेलवे यार्डबाट आईसीपी जोड्ने सडक स्तरोन्नति सकिएपछि हस्तान्तरण प्रक्रिया शुरू हुने देवले बताए । ‘भारतीय रेलवे विभागले कस्टम यार्डसम्म काम सम्पन्न भएको पत्र पठाइसकेको छ,’ इन्जिनीयर देवले भने, ‘रेल विभाग नेपाल र भारतको इर्कोनले सुझावसहितको अन्तिम परीक्षण प्रतिवेदन पठाएका छन् । सुझावका आधारमा त्यसको अन्तिम प्रक्रियासमेत भारतीय रेलवे विभागले गरिसकेको छ ।’ इन्जिनीयर देवका अनुसार भारत सरकारले नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रेलवे हस्तान्तरण गर्नेछ । त्यसपछि यसको सञ्चालन प्रक्रिया अघि बढ्नेछ । त्यसका लागि आईसीपीसँग ‘लिंकअप वे’ निर्माणको कामसमेत अघि बढाइसकिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले कस्टम यार्ड र आईसीपीबीचको ‘लिंकअप वे’को ठेक्का सम्झौता गरेर कामसमेत शुरू गरिसकेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले विवादित जग्गाधनीहरूसँग छलफल गरी चाँडै मुआब्जा टुंगो लगाउने र बाँकी रहेको कामसमेत अघि बढाउने सहमति भएको जानकारी दिए । तर, मुआब्जाको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले अन्य सहमति गर्न नसकिएको उनले बताए । सर्वाेच्चको फैसला चाँडै आए दुई देशबीचको बहुप्रतीक्षित रेलवे सेवा शुरू हुने उनको भनाइ । रेलवे शुरू भए कोलकाता पोर्टबाट सोझै विराटनगर आईसीपीसम्म रेलमा सामान आउने र यसरी ल्याउँदा ट्रकमा भन्दा ढुवानी खर्च निकै कम पर्ने ढकालले बताए । भारत सरकारले भारतको सीमावर्ती रेलवे स्टेशन बथनाहाबाट मोरङको कटहरी गाउँपालिकासम्म १८ दशमलव ७ किलोमीटर रेलमार्ग बनाइदिने सहमतिअनुसार काम भइरहेको छ । कटहरी गाउँपालिकामा मुआब्जा विवादले भारत सरकारलाई नेपालले जमीन हस्तान्तरण गर्न नसक्दा अन्तिम स्टेशनको काम रोकिएको छ । बथनाहादेखि आईसीपीसम्मको ७ दशमलव ६ किलोमीटर रेलमार्ग भने सञ्चालनका लागि तयार छ । विराटनगरको आईसीपीदेखि थप ११ किलोमीटरमा समेत काम धमाधम भइरहेको छ । रेलमार्गको १८ दशमलव ६ किलोमीटरमध्ये निर्माण सकिएको ७ दशमलव ६ किलोमीटरबाहेकको काम भइरहेको छ । बथनाहा रेलवे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको ७ किलोमीटर दूरीमा पहिलोपटक २०७६ कात्तिकमा रेलवे लिक परीक्षण गरिएको थियो । नेपाल कस्टम यार्डमा अहिले पैदल यात्रुका लागि ओभर ब्रिज बनाउने कामसमेत सम्पन्न भएको छ । २०६८ मा शुरू भएको बथनाहा–कटहरी रेलमार्गको निर्माण २०७३ सालमा सम्पन्न भइसक्नुपर्ने थियो । चार वर्षअघि भारतको बथनाहादेखि बुधनगर स्टेशनसम्म रेलको लिक परीक्षण गरिएको थियो । रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका–१ मा जग्गाको मुआब्जा विवादले केही स्थानको काम रोकिएको छ । उचित मुआब्जा पाउन नसकेको भन्दै स्थानीय बासिन्दाले मुद्दा दायर गरेका छन् । हाल उक्त मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । पटकपटक पुनर्मूल्यांकन गर्दासमेत आफूहरूलाई उचित रकम दिने काम नभएको भन्दै स्थानीयले काम रोकेका हुन् । सर्वोच्च अदालतको निर्णय आएपछि मात्र काम अघि बढ्ने अवस्था छ । मुआब्जा निर्धारण समितिले गरेको प्रतिकट्ठा २ लाखको दरले मुआब्जा दिने निर्णयप्रति जग्गाधनीले असहमति प्रकट गरेका छन् । अदालतले ८ लाखका दरले मुआब्जा दिनुपर्ने फैसला गरे पनि सरकारले मुआब्जा वितरणमा ढिलाइ गरेपछि स्थानीय केही जग्गाधनीले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

तीन प्रतिशत जनसंख्या काम खोज्दै विदेश

चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीमा करिव ८ लाख युवा जाने देखाएको छ। कुल जनसंख्याको करिव ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था कस्तो होला ?अहिले नै नेपाली निजी क्षेत्रले सबै प्रकारका (दक्ष, अर्धदक्ष र अदक्ष) काम गर्ने जनशक्तिको अभाव झेलिरहेको छ। कुनै पनि उद्योग, व्यवसाय, संघसंस्था वा निर्माण कम्पनीले दक्ष त कुरै छाडौं, अदक्ष कामदार समेत पाउन सकेका छैनन्।यस्तो अवस्थामा वार्षिक ८ लाखको हाराहारीमा युवा विदेश जान थाल्नुले नेपाली श्

तीन प्रतिशत जनसंख्या काम खोज्दै विदेश

काठमाडौं, मंसिर २१ । चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीका करिब ८ लाख युवा जाने देखाएको छ । कुल जनसंख्याको करिब ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था कस्तो होला रु अहिले नै नेपाली निजी क्षेत्रले सबै प्रकारका (दक्ष, अर्थदक्ष र अदक्ष) काम गर्ने जनशक्तिको अभाव झेलिरहेको […]

तीन प्रतिशत जनसंख्या काम खोज्दै विदेश

चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीमा करिब ८ लाख युवा जाने देखाएको छ । कुल जनसंख्याको करिब ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था कस्तो होला ? अहिले नै नेपाली निजी क्षेत्रले सबै प्रकारका (दक्ष, अर्थदक्ष र अदक्ष) काम गर्ने जनशक्तिको अभाव झेलिरहेको छ । कुनै […]

छत्तिस प्रतिशत ब्याजमा ऋण काढेर विदेश

इलाम । मुलुकमा जीविकोपार्जन गर्ने कमाई र काम नपाएपछि धेरैलाई रोजगारीको लागि बिदेसिनुपर्ने बाध्यता छ । वैदेशिक रोजगारीमा जाने धेरैले महँगो ब्याजमा ऋण लिने गरेका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी) ले इलाम नगरपालिकाको आप्रवासन पार्श्वचित्र तयार पार्न लिएको तथ्याङ्क अनुसार ३६ प्रतिशतभन्दा बढीसम्म ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा गएको पाइएको छ । ११७ जनाले […] The post छत्तिस प्रतिशत ब्याजमा ऋण काढेर विदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

वैदेशिक रोजगारीमा औसतमा ७५ हजार कमाउने चार प्रतिशत मात्र

नेपालबाट वैदेशिक रोजगारीमा जाने लगभग १८ प्रतिशत युवाको मासिक कमाइ १७ हजारभन्दा कम हुने गरेको छ । धेरै कमाउने आशामा परिवार र आफन्त छोडेर विदेश जाने १८ प्रतिशत युवाको कमाइ नेपालमा काम गर्ने श्रमिकका लागि तोकिएको भन्दा केही बढी १६ हजार ६ सयको हाराहारीमा रहेको सरकारको अध्ययनले देखाएको हो । सरकारले गत साउनबाट नेपालमा काम गर्ने श्रमिकको मासिक पारिश्रमिक भने १५ हजार तोकेको छ । तर विदेशी नेपालीको मासिक पारिश्रमिक स्वदेशमा तोकिएको भन्दा केही मात्र बढी छ । यस्तै वैदेशिक रोजगारीमा जाने लगभग ६५ प्रतिशत युवा