५६७ मिटर लामो नेपालको झोलुंगे पुलले पायो नामः गण्डकी गोल्डेन ब्रिज, नेपालीमा गण्डकी सुनौलो झुला

बागलुङ–पर्वत जोड्नेगरी कालीगण्डकीमाथि निर्माण भएको ५६७ मिटर लामो झोलुंगे पुलले औपचारिक नाम पाएको छ । अब यो पुलको नाम अँग्रेजीमा गण्डकी गोल्डेन ब्रिज र नेपालीमा गण्डकी सुनौलो झुला भएको छ । बागलुङ नगरपालिकाले पुलको नामबारे सुझावका लागि आवेदन आव्हान गर्नुका साथै २५ हजार रुपैयाको पुरस्कार समेत राखेको थियो । त्यसबाट १० वटा नामहरु छानिएकोमा बागलुङ […]

सम्बन्धित सामग्री

किसानलाई वरदान बन्यो झोलुंगे पुल

११ जेठ, गण्डकी । पोखरा महानगरपालिका–२५ हेम्जाकी हरि पौडेल बुधबार साँझपख डोकोभरि तरकारी बोकेर याम्दी खोलाको झोलुंगे पुल तर्दै थिए । याम्दीपारि उपल्लो टिमिरेचौरमा रहेको खेतबाट घर फर्कने क्रममा उनले पुल बनेपछि आउजाउ सहज बनेको …

६ वर्षमा १ हजार ३ सय किमि सडक स्तरोन्नति

म्याग्दी : गण्डकी प्रदेशमा विसं २०७४ देखि हालसम्मको ६ वर्षको अवधिमा १ हजार ३ सय किलोमिटर सडक स्तरोन्नति भएको छ।गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत रु. ६० अर्बभन्दा बढी लगानी गरेर एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति गरेको हो।मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालयका निर्देशक डा. महेन्द्र बानियाँले ५९९ किलोमिटर सडक ग्राभेल र ६६८ किलोमिटर सडक कालोपत्र भएको जानकारी दिए।सडक, मोटरेबल पुल, भवन र झोलुंगे पुल निर्माणका लागि ८३ अर्ब ५२ करोड नौ लाख ७१ ह

त्रिवेणीधामदेखि वाल्मीकि आश्रमसम्म पैदलमार्ग बन्ने

गण्डकी प्रदेशको त्रिवेणीधामबाट चितवन निकुञ्जभित्र रहेको वाल्मीकि आश्रम जाने बाटो बन्ने भएको छ । त्रिवेणीधामबाट झोलुंगे पुल तरेपछि नारायणी नदीको किनारैकिनार वाल्मीकि आश्रमसम्म पैदलमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

म्याग्दीको बेगखोलामा मोटरेबल पुल निर्माण शुरू

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्तर्गत म्याग्दीको रघुगंघा गाउँपालिका–१ बेगखोलामा मोटर चल्ने पक्की पुल निर्माण शुरू भएको छ । सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्प्यान भएको पुल निर्माणका लागि २०७८ असार २९ गते बीओकेआई/हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख ४७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । विभागको पश्चिम सेक्टर कार्यालयका इञ्जिनीयर आशिक रिजालले ठेकेदारले निर्माण सामग्री जुटाएर पुल निर्माणका लागि प्रारम्भिक चरणको काम शुरू गरेको जानकारी दिए । ‘११ मिटर चौडाइको हुने पुलको डिजाइन एण्ड बिल्ड (निर्माण व्यवसायीले आफै डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको हो,’ उनले भने, ‘२०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’ २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा एक जना मानिस, ११ ओटा घर, बेलिब्रिज र झोलुंगे पुल बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । पाँच वर्षअघि बगाएको बेलिब्रिजको विकल्पमा पक्की पुल निर्माण हुन लागेको हो । पक्की पुलसँगै गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय म्याग्दीले पनि बेगखोलामा ८० मिटर लामो झोलुंगे पुल निर्माण शुरू गरेको छ । गत कात्तिक तेस्रो हप्ता करसहित २९ लाख ३८ हजारमा ठेक्का सम्झौता गरेको हिमशिखर कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले बताए । बाढीले बगाएको ठाउँमा मोटरेबल र झोलुंगे पुल पुनर्निर्माण भएपछि बर्खायाममा बेनी–जोमसोम यात्रा गर्दा जोखिम, सास्ती र झञ्जट हट्ने अपेक्षा गरिएको छ । पुल महाशाखाले बेनी–जोमसोम–कोरला सडक अन्तर्गत महभीर र पोखरबगरस्थित कालीगण्डकीमा दुईओटा मोटरेबल पुल निर्माण गरेको छ । २०७४ फागुनमा १९ करोडमा ठेक्का लिएको हिम–सगरमाथा–डाँफे–वज्रगुरु जेभीले महभीरमा बनाएको ८० मिटर लामो ११ मिटर फराकिलो पुल सञ्चालनमा आइसकेको छ । पोखरेबगरमा बनाएको ७० मिटर लामो पुल जोड्ने पहुँच मार्ग निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी भएको छ ।      गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठओटा मोटरेबल पुल निर्माण सकिएको छ । १८६ किलोमिटर दूरिको बेनी–जोमसोम–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत थप एउटा निर्माणको अन्तिम चरण र १२ ओटा निर्माणाधीन छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको बताए । रासस

गण्डकीले बनायो एकै वर्ष ११५ झुलुङ्गे पुल

पोखरा– बागलुङलाई झुलुङ्गे पुलको जिल्ला भनेर चिनिन्छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५ सय ६७ मिटर लम्बाइको झुलुङ्गे पुल दक्षिण एसियामै लामो दावी गरिएको छ । आकर्षक डिजाइन र लम्बाईका हिसाबले यहाँका पुलहरूमा प्रतिस्पर्धा छ । गण्डकी प्रदेशमा हालसम्म एक हजार आठ सय ४५ वाट झोलुंगे पुल निर्माण भइकेका छन् । […]

बाढी-पहिरोको असर : गण्डकीका ग्रामीण भेगमा खाद्यान्न ढुवानीमा सकस

१५ भदौ, पोखरा । मनसुनको शुरुवातमै आएको बाढी पहिरोले गण्डकी प्रदेशभरमै मनाङ जिल्लाले ठूलो क्षति व्यहोर्‍यो । मानवीय नभए पनि अर्बौंको भौतिक क्षति मनाङले व्यहोर्‍यो । बाढी पहिरोकै कारण जिल्लाका मुख्य सडकहरु भत्किए भने दर्जन बढी झोलुंगे पुल पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा पुगे । बाढी पहिरोले मनाङलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य सडकमा क्षति पुगेकाले त्यहाँ […]

लमजुङमा एक आर्थिक वर्षमा ६ वटा झोलुंगे पुल निर्माण

लमजुङमा गत आर्थिक वर्षमा मात्रै ६ वटा झोलुंगे पुलनिर्माण सम्पन्न भएका छन् । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले जिल्लाका विभिन्न स्थानीय तहमा ११ वटा झोलुंगे पुल निर्माणका लागि बजेट विनियोजन गरेकोमा ६ वटा निर्माण सम्पन्न भएका हुन् ।पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार जिल्लाको सुन्दरबजारअन्तर्गत दुईवटा, दोर्दी, दूधपोखरी गाउँपालिका, क्होलासोँथार गाउँपालिका र बेसीसहर नगरपालिकाअन्तर्गत […]

बेगखोलामा पुल नहुँदा यात्रुलाई सास्ती

म्याग्दी । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती खेप्नुपरेको छ । वर्षामा खोलामा आउने बाढीका कारण दैनिक रूपमा बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन र पैदलयात्रु अलपत्र पर्ने गरेका छन् । २०७३ सालमा आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुंगे पुल बगाएपछि बेनी जोमसोम सडकको यात्रा कष्टकर बन्दै आएको छ । ४ वर्ष बितिसक्दा पनि सम्बद्ध निकायसँग बेगखोलामा पुल बनाउने योजना छैन । खोलामा बहाव बढेपछि अलपत्र पैदलयात्रुलाई डोजरमार्फत वारपार गराउनुपर्ने बाध्यता छ । बेगखोलामा पुल बनाउन संघ सरकार र गण्डकी प्रदेश सरकारसँगै म्याग्दी र मुस्ताङका जनप्रतिनिधिले बेवास्ता गर्दा आफूहरूले सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ । खोला तर्ने क्रममा अकस्मात् आउने बाढीले विभिन्न हलुका सवारीसाधन बगाउने गरेको छ । जिल्लाका राजनीतिक दल एवं नेताहरूले बेखखोलामा पक्की पुल निर्माण गर्न चासो नदिएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा गुनासो पोेख्दै आए पनि यसको सुनुवाइ हुन सकेको छैन । बाढीले पुल बगाएको चार वर्ष बितिसक्दा समेत म्याग्दीबाट निर्वाचित संघीय तथा प्रदेश सांसदले पुल निर्माणमा कुनै चासो नदिएको अन्नपूर्ण गाउँपालिकाका सुरेन गुरुङले बताए । यसैबीच, सडक विभागले बेगखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको बताएको छ । यही आर्थिक वर्षमा निर्माण कम्पनीले काम शुरू गर्ने सडक विभागबाट जानकारी प्राप्त भएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिए ।

पाँचवटा झोलुंगे पुल निर्माण सम्पन्न

लमजुङमा चालू आर्थिक वर्षमा मात्रै पाँचवटा झोलुंगे पुल निर्माण सम्पन्न भएका छन् । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले जिल्लाका विभिन्न स्थानीय तहमा ११ वटा झोलुंगे पुल निर्माणका लागि बजेट विनियोजन गरेकोमा पाँचवटा निर्माण सम्पन्न भएका हुन् ।पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार जिल्लाको सुन्दरबजारअन्तर्गत दुईवटा, दोर्दी, दूधपोखरी गाउँपालिका र बेसीसहर नगरपालिकाअन्तर्गत एकएक वटा झोलुंगे […]

झोलुंगे पुलका लागि ३ करोड बढी बजेट

लमजुङमा चालू आर्थिक वर्षमा मात्रै ११ वटा झोलुंगे पुल निर्माण हुने भएका छन् । गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयले जिल्लाका विभिन्न स्थानीय तहमा झोलुंगे पुल निर्माणका लागि तीन करोड बढी बजेट विनियोजन गरेको हो ।प्रदेश सरकारले रातो किताबमा उल्लेख गरेअनुसार जिल्लाको मस्र्याङ्दी गाउँपालिकामा मात्रै तीनवटा झोलुंगे पुलका योजना छ्न् । यस्तै सुन्दरबजार नगरपालिका, […]