आगन्तुकको उपस्थितिले उत्साहित छौं

एक्स्पो कत्तिको सफल रह्यो ? आर्थिक मन्दीको अवस्थाले हामीलाई केही डर थियो । त्यही पनि उच्च मनोबलका साथ तयारीमा जुट्यौं । दर्शक कमै आउने सम्भावना देखेरै हामी त्यसै अनुसारको तयारीमा थियौं । तर अवलोकनकर्ताको उपस्थिति हामीले अपेक्षा गरेकोभन्दा चार गुणा बढी रह्यो । आर्थिक कारोबार पनि उत्तिकै उत्साहजनक देखियो । एक्स्पोभित्र मात्र नभएर चारैतिरको बाटोमा सिटी सफारीदेखि ठेलाका पसलले समेत एक्स्पो अवधिमा राम्रो कारोबार गरेका छन् । यसले हामीलाई उत्साह थपेको छ । मेलामा विराटनगर बाहिरका अवलोकनकर्ताको उपस्थिति कस्तो रह्यो ? मेलामा विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रह्यो । साथै छिमेकी जिल्लाबाट पनि दर्शकको उपस्थिति बाक्लो छ । छिमेकी मुलुक भारतबाट समेत अवलोकनकर्ताको सहभागिता रह्यो । मेलाप्रति उहाँहरूको प्रतिक्रिया सकारात्मक पाएका छौं । कतिपय एक्स्पोमा प्रवेश शुल्कका नाममा चर्को मूल्य असुल्ने गरेको पाइन्छ । तर यहाँहरूले १०० रुपैयाँ मात्र टिकटको मूल्य कायम गर्नुभयो, यसले आम्दानीमा असर गर्दैन ? हामीले मेला अवधिमा दर्शकलाई १०० रुपैयाँको टिकट काटेर अवलोकन गर्ने अवसर दियौं । किनकि मोरङ व्यापार संघ नाफामुखी संस्था होइन । आम नागरिकले १०० रुपैयाँ तिरेर कम्तीमा आफूले ५०० रुपैयाँ तिरेर प्रवेश गरेजत्तिकै मनोरञ्जन लिन सकून् भन्ने हाम्रो चाहना हो । एउटा फिल्म हेर्न पनि कम्तीमा ३०० रुपैयाँ तिर्नुपर्छ । हामीले नाफा कमाउनेभन्दा पनि दर्शकले बढी मनोरञ्जन लिने कुरामा ध्यान दियौं । १५० रुपैयाँ टिकटदर कायम गर्ने कि भन्ने विषयमा पनि छलफल नभएको होइन । तर हामीले बढाएनौं । विद्यालय र क्याम्पसका विद्यार्थीलाई एक्स्पो अवधिभरि नि:शुल्क प्रवेश र अवलोकनको व्यवस्था मिलाइएको छ । यसले विराटनगरको आर्थिक चहलपहल बढेको छ । खर्च उठे मात्रै पनि हामी सन्तुष्ट हुन्छौं । घाटा भयो भने पनि हामीले व्यक्तिगत रूपमा उठाएर भएर पनि त्यसको पूर्ति गर्छौं । एक्स्पोमा व्यापारको अवस्था र दैनिक अवलोकनको तथ्यांक कस्तो छ ? एक्स्पोमा राखिएका सबै सामग्री विक्री हुन्छन् भन्ने हुँदैन । प्राय:जसो गाडी, मोटरसाइकल र ठूला इक्वीपमेन्ट यहाँ आएर हेरेर, बुझेर कम्पनीको डिलरको ठेगाना लिई पछि अर्डर गर्ने पनि गरिन्छ । कतिपयले डिलर राख्ने सोच बनाएर पनि अवलोकन गरिरहेका हुन्छन् । उनीहरूले यसैलाई माध्यम बनाएर पछि डिलरसिप लिने पनि गर्छन् । यसैको माध्यमबाट कैयौं कम्पनीसँग वर्षाैंसम्म सम्बन्ध जोडिएको पनि हुन्छ । त्यसैले १२ देखि १४ करोड रुपैयाँको कारोबार भएको अनुमान गर्न सकिन्छ । दैनिक भिजिटर, टिकट, पास र विद्यार्थी समेतलाई जोड्ने हो भने अहिलेसम्म २ लाख ५० हजारभन्दा बढीले मेला अवलोकन गरिसकेका छन् । मोरङ व्यापार संघ नवीकरण नभएको, एक्स्पोले कर नतिरेको र नि:शुल्क दिइने भनिएका स्टलमा शुल्क लिइएको भन्ने आरोप लाग्दै आएको छ नि ? मोरङ व्यापार संघ नवीकरण गर्न र कर तिर्न सक्षम छ । राज्यले दिएको समय सीमाभित्रै तिर्दै पनि आएको छ । केही व्यक्तिले गलत मनसायले यस्ता हल्ला फैलाएका हुन् । आम नागरिकले हामीलाई सकारात्मक रूपमा लिएका छन् । १०० रुपैयाँको टिकटमा हामीले भरपूर मनोरञ्जन दिएका छौं । एउटा सेल्फी टावर निर्माणमा मात्र १२ लाख रुपैयाँ खर्च भएको छ । कलाकार ल्याउन लाखौं रुपैयाँ खर्च भएको छ । एक दिनमा तीनजना राष्ट्रिय कलाकारको उपस्थिति छ । कलाकारलाई ५ लाखदेखि १५ लाख रुपैयाँसम्म खर्चेका छौं । अरू बेला कन्सर्ट हेर्न दर्शकले ५ हजार रुपैयाँको टिकट लिनुपथ्र्यो, जुन हामीले १०० रुपैयाँमा मनोरञ्जन दिएका छौं । स्टलमा सामान, खानेकुरा पनि सकेसम्म सुपथ मूल्यमा उपलब्ध गराइएको छ । पहाडका दूरदराजबाट आएका कृषिमा आधारित स्टललाई नि:शुल्क ठाउँ दिएका छौं ।

सम्बन्धित सामग्री

फर्मा एक्स्पोबाट औषधि व्यवसायी उत्साहित

भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको नवौँ नेपाल फर्मा एक्स्पो २०२४ बाट औषधि व्यवसायी उत्साहित भएका छन्। शुक्रबार उद्घाटन सत्रमा सरकारी अतिथि वक्ताले नेपाली औषधि व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तयार भएको बताएपछि उनीहरु उत्साहित भएका हुन्।

‘एमसिसी कार्यान्वयनबाट अमेरिका उत्साहित’

लामो राजनीतिक रस्साकस्सीपछि ७० करोड डलरको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा कार्यान्वयन चरणमा प्रवेश गरेकोमा अमेरिका उत्साहित देखिएको छ।...

‘एमसिसी कार्यान्वयनबाट अमेरिका उत्साहित’

लामो राजनीतिक रस्साकस्सीपछि ७० करोड डलरको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा कार्यान्वयन चरणमा प्रवेश गरेकोमा अमेरिका उत्साहित देखिएको छ।...

वर्षा भएपछि किसान उत्साहित

फुङ्लिङ, १३ चैत । लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् । प्रायः प्रत्येक साँझ–बिहान वर्षा भएसँगै अन्नबाली फष्टाउन सहयोग पुग्ने भएपछि किसान उत्साहित भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का सन्तकुमार लिम्बू अहिले अलैँची बगानमा सिँचाइ गर्न नपरेकाले बिहीबार सदरमुकाम फुङ्लिङ बजारमा आइपुगेका छन् । कात्तिकको तेस्रो सातादेखि […]

उम्मेदवारको खोजीमा उत्साहित मतदाता (फोटो फिचर)

हेटौंडा : देश संघीयतामा गएपछि आज दोस्रोपटक स्थानीय तहको निर्वाचन भइरहेको छ।पाँच वर्षपछि भएको निर्वाचनमा मतदाताहरू उत्साहित देखिएका छन्। आफ्ना जनप्रतिनिधि आफै चुन्न बिहानैदेखि विभिन्न स्थानको मतदान केन्द्रमा पुगेका मतदाताहरू उत्साहित देखिएका हुन्। उत्साहित भएर मतदाताहरू मतदान गर्न जाँदा उम्मेदवारहरू भने सेलाएको देखिएको छ।हेटौंडाका विभिन्न मतदानस्थलमा भइरहेको मतदानमा उम्मेदवारहरू नआएको मतदाताको गुनासो छ। ‘हिजो अस्तिसम्म भोट माग्दै आउने उम्मेदवारहरू आज भोट हाल्ने दिनमा कता जानु भयो

सलमानले भने, ‘नेपाल आउन उत्साहित छु’

अभिनेता सलमान खानले नेपाल आउने कुरोले आफु उत्साहित रहेको बताएका छन् । बुधबार होटल सोल्टीमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री प्रेम आलेसँग भर्चुअल संवाद गर्दै उनले नेपाल आउन आफ्नो टिमै पुरै उत्साहित रहेको बताए ।‘एक फिल्म सुटिङको लागि पहिले नेपाल आएको थिए । छायांकन हुन नसकेपछि फर्किए’ सलमानले भने ‘यसपटक आउने मेसो मिलेकोमा सबै टिम खुसी छौ ।’ करिब दश मिनेट चलेको सम्वादमा मन्त्री आलेले सलमानलाई सगरमाथाको पर्वतीय उडान र ब्रेकफास्टसँगै लिने इच्छा राखे । सलमानले एक शब्दमा &lsqu

बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताएका छन् ।

नेपालमा खेल्न तमिम उत्साहित

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीका ओपनर तमिम इकबालले नेपालमा खेल्न उत्साहित रहेको बताएका छन् । तमिम शनिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्न शुक्रबार राती नेपाल आइपुगेका हुन् । भैरहवा ग्ल्याडीयटर्ससँग अनुबन्धित तामिमले त्रिभुवन विमानस्थलमा शुक्रबार बोल्दै नेपालमा खेल्न उत्साहित रहेको बताए । ‘राम्रो लागिरहेको छ । नेपालमा खेल्न उत्साहित छु […]

गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी उत्साहित

प्रकृतिको कुचिकारका रूपमा रहेका गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी उत्साहित भएका छन् ।

अनुदानले उत्साहित व्यावसायिक पशुपालक

टीकापुर /कैलालीको जानकी गाउँपालिकाका पशुपालक किसान व्यवसाय बढाउन अनुदान पाएपछि उत्साहित भएका छन् ।  पशुपालनलाई व्यवसायका रूपमा अघि बढाउन प्रयास गरिरहेका किसान अनुदान सहयोग पाएपछि थप