काठमाण्डाै - चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ ।
आयोगको हिजो बसेको बैठकले चालु शैक्षिक सत्रसम्मको शुुल्कलाई आधार मानेर आउँदो शैक्षिक सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३ दशमलव ६ प्रतिशत शुुल्क वृद्धि गर्ने निर्णय गरेको हो ।
आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेका अनुसार चार वर्षदेखि शुल्क नबढेको र आउँदो शैक्षिक सत्रमा भर्ना हुने चिकित्सा शिक्षाका विद्यार्थीको अध्ययन शुुल्कमा रकम वृद्धि हुनेछ । विश्वविद्यालय तथा कलेजल...