सर्वोच्च अदालतले रो भर्सेस वेडबारे उसको फैसला सुनाउँदै त्यसलाई खारेज गरिदिएको छ । तर गर्भपतनबारे अन्तिम निर्णय गर्ने अधिकार सर्वोच्च अदालतसँग नभएर अमेरिकी जनताले चुनेका काँग्रेस र ह्वाइट हाउसमा रहेका तिनका प्रतिनिधिसँग छ । डोब्स भर्सेस ज्याक्सन वुम्यान्स हेल्थ अर्गनाईजेसनको मुद्दामा निर्णय दिँदै सर्वोच्च अदालतले लगभग ५० वर्षको नजिरलाई उल्टाएको हो । यो फैसलाले गर्भपतनको संवैधानिक अधिकार खोसिदिएको छ भने गर्भ राख्नेबारे महत्त्वपूर्ण निर्णय व्यक्तिले नभई सरकारले गर्ने व्यवस्था गरिदिए