त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बाङ्लाको विमान दुर्घटनाग्रस्त भएको छ। विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट ६७ यात्रु र ४ चालक दलसहित काठमाडौं आएको उडान नम्बर युबिजी–२११ भएको बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज २ बजेर २० मिनेटमा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो।