निर्वाचन आयोगले पार्टी आधिकारिकताको जाँचका लागि जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्यलाई शशरीर शरीर उपस्थित हुन निर्देशन दिएको छ ।
बिहीवार आयोगको इजलासमा भएको सुनुवाइ पछि आयोगले साउन ११ गते ११ बजे कार्यकारिणी समितिका ५१ जनालाई निर्वाचन आयोगमा बोलाइएको हो । आयोगले सनाखत गर्नका लागि नागरिकता सहित उपस्थित हुने निर्देशन दिएको प्रवक्ता राजकुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।
प्रतिनिधि सभा विघटन र सरकारमा सहभागिताको विषयलाई लिएर विवाद भएपछि जसपाको दुवै पक्षले एक अर्कोलाई कार्वाह...