काठमाण्डाै - नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार दीपक निरौलालाई प्रहरीले गएराति नियन्त्रणमा लिएको छ । काठमाण्डौ ५ प्रदेश 'ख' का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाँड्न गएको आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
निरौला र एमाले बूढानीलकण्ठ नगर कमिटी अध्यक्ष प्रदीप डङ्गोल बूढानीलकण्ठ–६ मा रहेको एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै स्थानीयबासीले होहल्ला गरेपछि प्रहरी टोली पुगेको थियो । प्रहरीले स्थानीय बासिन्दाको भिडले घेरा हालेपछि उद्धार गरी सुरक्षामा राखेको बताएक...