काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका कांग्रेस नेता गगन थापाले पछिल्लो समय आफूमाथि मित्थ्या आरोप लागेको बताएका छन्। एमाले नेता तथा काठमाडौं–६ का प्रदेश सभा उम्मेदवार केशव स्थापितले केही दिनअघि सरकारी अनुदान लिएर थापाले नुवाकोटमा बाख्रापालन गरेको आरोप लगाएका थिए। सो आरोपको खण्डन गर्दै थापाले आफू त्यति कमजोर धरातलमा नउभिएकाले यस्ता आरोप…