काठमाडौं । नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणा भएको छ । तत्कालीन नेकपा एमाले निकट पेसागत महासंघ र तत्कालीन माओवादी निकट राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणा भएको हो । एमालेले र माओवादीबीच ०७५ जेष्ठ ३ गते एकता भएपनि कर्मचारी संगठनबीच एकता हुन सकेको थिएन ।आज भएको एकतासभाले तत्कालीन एमाले निकट पेसागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल संयोजक बनेको छ । यस्तै तीनजना सहसंयोजक मध्य माओवादी