प्रतिनिधि सभा विघटनको विरोधमा चरणबद्ध आन्दोलन गरिरहेको नेकपा (प्रचण्ड–नेपाल समूह)का शीर्ष नेताहरू माइतीघरमा धर्नामा बसेका छन् ।
तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' तथा माधव नेपालसहितका शीर्ष नेताहरू धर्नामा बसेका हुन् ।
प्रचण्ड र नेपाल मध्याह्न करीब १२ बजे माइतीघर पुगेका थिए ।
आन्दोलनको कार्यक्रमअन्तर्गत नेकपाका सांसदहरूले प्रतिनिधि सभा पुनःस्थापनाको माग राख्दै माघ १४ गतेदेखि माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् ।
धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने नेकपा...