करीब डेढ अर्बको बजेट ल्याउने तयारीमा धरान : कोरोना नियन्त्रण पहिलो प्राथमिकता

जेठ २०, धरान । कोरोना महामारीले आन्तरिक आय प्रभावित भएपछि पुरानै योजनालाई निरन्तरता दिदैं कोभिड नियन्त्रणलाई प्राथमिकता दिने बजेट ल्याउने धरान उपमहानगरपालिकाले तयारी गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागि करीब डेढ अर्ब सम्मको बजेट बनाउने तयारीमा धरान उपमहानगरपालिका रहेको छ । असार १० गतेसम्म बजेट तथा कार्यक्रम सार्वजनिक गरिसक्नु पर्ने अवस्था रहेकाले राजस्व परामर्श समितिले बजेटको तयारी गरिसकेको छ । समितिकी संयोजक तथा उपमेयर मञ्जु भण्डारी सुवेदीले आन्तरिक आय एकदम न्यून रहेकाले पुरानै योजनालाई निरन्तरता दिदैं कोभिड नियन्त्रणलाई प्राथमिकता दिएर बजेट आउने बताइन् ।  उनका अनुसार चालू आर्थिक वर्ष ५४ करोडको अनुमानित आयमा १४ करोड मात्रै संकलन भएको छ । करीब ३४ करोड घाटामा रहेको उनले बताइन् ।  अघिल्लो वर्षको घाटा पूर्ती गर्दै चालू वर्षको योजना नै निरन्तर दिदैं कोभिड नियन्त्रणलाई पहिलो प्राथमिकता दिएर बजेट आउने उनले बताइन् । उनले भनिन्, राजस्व परामर्श समितिको काम सकिएको छ, सिलिङ वितरण गर्ने छौं, अघिल्लो आवको व्ययभारलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गरिरहेका छौं ।’ कोभिड नियन्त्रणका लागि आइसोलेसन, अक्सिजन सिलिण्डर, स्वास्थ्य उपचारलाई प्राथमिकता दिएर बजेटको तयारी गरिएको उनले बताइन् ।  धरानको बजेटका लागि संघीय सरकारबाट ५० करोड ४५ लाख ८६ हजार र प्रदेशबाट ३ करोड ८४ लाख २२ हजार ९५० रुपैयाँको सिलिङ प्राप्त गरेको छ । संघीय सरकारले समानिकरणतर्फ ३३ करोड ९२ लाख, राजस्वबाट ८ करोड २६ लाख ९३ हजार र अन्तशुल्क बापत पनि ८ करोड २६ लाख ९३ हजार बजेट विनियोजन गरेको छ ।  त्यसैगरि प्रदेश सरकारबाट समानिकरणतर्फ २ करोड १ लाख ४७ हजार र सवारी कर बापत १ करोड ८२ लाख ७५ हजार ९ सय ५० रुपैयाँको सिलिङ प्राप्त गरेको छ ।  संघीय र प्रदेश सरकारबाट आएको बजेटको आधारमा धरानको बजेट बनाउने तयारीमा रहेको मेयर तिलक राईले बताए । उनका अनुसार करीब डेढ अर्बको नजिकमा बजेट बन्ने भएको छ ।  उनले भने, अघिल्लो वर्ष अनुदानबाट आउने रकमहरु पनि आएन, त्यसले पनि प्रभाव पायो, यो वर्ष पनि आउँछ भन्ने आशा गर्ने पर्नेछ, त्यसैलाई पनि आधार बनाएर बजेट बनाउने छौं ।’ बजेटलाई यथार्थपरक बनाउँदै अघिल्लो वर्षको भन्दा सानो आकारको बजेट बनाउने उनले बताए ।  चालू वर्ष धरान उपमहागनरपालिकाको बजेट एक अर्ब ७७ करोड ९१ लाख रुपैयाँ रहेको थियो । कोरोनाको महामारीले करीब ४० प्रतिशत मात्रै बजेट खर्च गर्न सफल भएको छ । 

सम्बन्धित सामग्री

देउवा नेतृत्व सरकारको एक सय दिन : कोरोना नियन्त्रण तर्फ अघि बढेको दाबी

आफु नेतृत्वको सरकार गठन भएको एक सय दिनका उपलब्धिहरु सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सबै शक्ति केन्द्रित गरिएको बताएका हुन्। हाल कोरोनाको संक्रमण दर नियन्त्रण तर्फ अघि बढेको उनले बताए।

थाईल्याण्डमा कोरोना नियन्त्रण गर्न असफल प्रधानमन्त्रीको राजिनामा माग

थाईल्याण्डमा कोरोना नियन्त्रण गर्न असफल प्रधानमन्त्रीको राजिनामा माग गरिएको छ।

कोरोना नियन्त्रण प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं, साउन २३। गृहमन्त्री बालकृष्ण खाँणले कोरोना नियन्त्रण र न्यूनीकरण कार्य प्रभावकारी नदेखिएको भन्दै सबै निकायलाई एक साताभित्र नतिजा ल्याउन निर्देशन दिएका छन् । कोरोना सङ्क्रमणका बेला स्वास्थ्य मन्त्रालयमा थन्किएर राखिएको तीन करोड थान मास्क वितरण गर्न पनि उनले निर्देशन दिए । आम नागरिकको जीवन रक्षाकै लागि राज्य बनेका र राज्य सबैको साझा भएकाले चैतसम्ममा सबै नागरिकले […]

कोरोना नियन्त्रण प्रभावकारी बनाउन मन्त्री खाँणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले कोरोना नियन्त्रण र न्यूनीकरण कार्य प्रभावकारी नदेखिएको भन्दै सबै निकायलाई १ साताभित्र नतिजा ल्याउन निर्देशन दिएका छन् । कोरोना संक्रमणका बेला स्वास्थ्य मन्त्रालयमा थन्किएर राखिएको ३ करोड थान मास्क वितरण गर्न पनि उनले निर्देशन दिए । आमनागरिकको जीवन रक्षाकै लागि राज्य बनेका र राज्य सबैको साझा भएकाले चैतसम्ममा सबै नागरिकले खोप पाउनुपर्ने उनले बताए । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो उद्घोष नै नागरिकलाई खोप रहेको हुँदा त्यसलाई पूरा गराउनु हामी सबैको दायित्व हो,’ उनले भने । मन्त्र...

कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थान योजना प्राथमिकता

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा विश्वनाथ पौडेलले कोरोना नियन्त्रण र आर्थिक पुनरुत्थानका लागि आयोगले सक्रियता देखाउने बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट आज सपथ ग्रहण गर्नुहुँदै आयोगका उपाध्यक्ष पौडेलले कोभिड नियन्त्रणका साथै प्राकृतिक प्रकोपका विपद्जन्य घटनामा आयोगले ध्यान दिने बताउनुभयो । उहाँले आयोगको गुणस्तर अभिवृद्धिमा अन्तर मन्त्रालयको समन्वय र योजनाको प्रभावकारी कार्यान्वयनमा लागिपर्ने बताउनुभयो …

कोरोना नियन्त्रण गर्न इयूले साढे २८ करोड नेपाललाई दिने

काठमाडौं। युरोपेली युनियनले नेपालमा कोरोना नियन्त्रण तथा रोकथाम गर्न २० लाख युरो (२८ करोड ४८ लाख ५३ हजार १ सय ३१ रुपैयाँ) नेपाललाई दिने भएको छ। नेपालले अनुरोध गरेपछि उक्त सहयोग गर्न लागिएको इयूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त रकम आइसोलेसनमा रहेका कोरोना संक्रमितको उपचार, अक्सिजन सिलिण्डर आपूर्ति, अक्सिजन कन्सेनट्रेटर्स खरिद, पीपीई खरिद आदिमा खर्च गरिने जनाइएको छ।

अयोध्या बनाउँदा कोरोना नियन्त्रण हुन्छ र?: उपेन्द्र यादव

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कोभिड महामारीलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। अक्सिन नपाएर अस्पताल बाहिर छट्पटाइरहेको बताउँदै सरकारको ध्यान अयोध्यातिर गएकोमा असन्तुष्टि दिए। उनले भने, ‘सरकारको ध्यान कोरोना नियन्त्रणमा छैन, चितवनमा अयोध्या बनाउने तिर छ। यसरी कोरोना नियन्त्रण यसरी हुन्छ र?’

कोरोना नियन्त्रण गर्न पाकिस्तानमा सेना परिचालन

एजेन्सी। पाकिस्तानले कोरोना नियन्त्रण गर्न सेना परिचालन गरेको छ। पाकिस्तानले कोरोना नियन्त्रण गर्न तोकेको निषेध लागू गर्न सेना परिचालन गरेको हो। भारतमा दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमण पुष्टि भइरहँदा पाकिस्तान आफ्नो देशमा त्यस्तै स्थिति आउन सक्नेमा सचेत छ। त्यसैले, सरकारले तोकेको निषेध नमान्ने जनतालाई मनाउन सेना खटाइएको हो।

कोरोना नियन्त्रण गर्न पाकिस्तानमा सेना परिचालन

एजेन्सी। पाकिस्तानले कोरोना नियन्त्रण गर्न सेना परिचालन गरेको छ। पाकिस्तानले कोरोना नियन्त्रण गर्न तोकेको निषेध लागू गर्न सेना परिचालन गरेको हो। भारतमा दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमण पुष्टि भइरहँदा पाकिस्तान आफ्नो देशमा त्यस्तै स्थिति आउन सक्नेमा सचेत छ। त्यसैले, सरकारले तोकेको निषेध नमान्ने जनतालाई मनाउन सेना खटाइएको हो।

कोरोना नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रमबाट ६६ हजार लाभान्वित

काठमाडौं, १६ बैशाख । कोरोना नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रमबाट ६६ हजार ७ सय ४७ जना लाभान्वित भएका छन् । कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीद्वारा पछिल्लो २४ घण्टामा संचालित ४ सय ९१ वटा सचेतनामूलक कार्यक्रमबाट जम्मा ६६ हजार ७ सय ४७ […]