मौसम अनुकूल रहेकाले हवाई उडान नियमित सञ्चालन

काठमाडौँ । मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको थियो भने अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ गरिएको थियो । आन्तरिक उडानका जहाज पनि डाइभर्ट भएका थिए । मध्याह्नदेखि दुवैतर्फको उडान सामान्य बनेको थियो […]

सम्बन्धित सामग्री

लगातारको झरीका कारण अवरुद्ध  हुम्लाको हवाई उडान ५ दिनपछि सञ्चालन

सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ । लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो । गत आइतबार उडान भरेका निजी जहाजले सोमबार बिहानदेखि हुम्लामा रातिबाटै लगातार पानी परेका कारण जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको थियो । आज बिहान जिल्लाको मौसम सफा हुँदा नेपालगञ्जबाट समिट एयरले पहिलो उडान सिमकोट भरेको हुम्लाका स्टेशन इन्चार्ज गोविन्द लामाले बताए। बिहान १० बजेपछि मौसममा सुधार आउँदा निजी एयरलाइन्स उडान भर्न सफल भएका हुन् । हवाई सेवा सञ्चालन हुँदा जिल्ला बाहिर जाने यात्रु र जिल्लाभित्र आउने यात्रुलाई केही सहज भएको छ । जिल्लामा दैनिक उपभोग्य वस्तु भित्रिएको छ । योसँगै जिल्लामा पसल व्यवसायीको सामग्री, निर्माण सामग्री, खाद्यान्न पनि भित्रिएको छ । नेपालगञ्जबाट समिट, सीता र तारा एयरले हुम्लामा उडान भरेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए । बिहान पानी पर्ने र दिउँसो हावा लाग्ने हुँदा हुम्लामा पाँच दिनसम्म उडान हुन नसकेको हो । उडान नभएपछि पाँच दिनअघि टिकट लिएका यात्रु नेपालगञ्ज विमानस्थलमा रोकिनुपरेको थियो । उडान हुँदा यात्रुलाई सहज भएको छ भने दैनिक उपभोग्य वस्तु र अन्य सामान पनि ढुवानी हुने भएको छ ।रासस

पाँच दिनपछि सञ्चालन भयाे हुम्लामा हवाइ उडान

सिमकोट- राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ । लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो ।           गत आइतबार उडान भरेका निजी जहाजले सोमबार...

मौसम अनुकूल रहेकाले हवाई उडान नियमित सञ्चालन

मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

मौसम सफा भएपछि हवाई उडान सञ्चालन

प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको थियो भने अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ गरिएको थियो।...

मौसम सफा भएपछि हवाई उडान सञ्चालन

प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको थियो भने अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ गरिएको थियो।...

दशैंमा पनि बैतडीको हवाई सेवा सञ्चालन भएन

बैतडी : हिन्दू नेपालीहरुको महान चाड विजयादशमीमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन। लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनः सञ्चालन हुने भनिएको थियो। तर दशैंमा पनि सुचारु हुन नसकेको हो।समिट एयरले साप्ताहिक रुपमा उडान गर्दै  आएकोमा  गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी –धनगढी हवाई उडान  सेवा बन्द छ। कहिले यात्रु नपाइने समस्या त कहिले मौसम खराबीका कारण यहाँको उडान सेवा ६ महिनादेखि बन्द रहेको हो।  यसअघि दशैंलाई लक्षित गर्दै यह

दुई महीनापछि पोखरा–जोमसोम उडान

म्याग्दी । पोखरा–जोमसोम हवाई उडान सेवा दुई महीनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना भाइरस संक्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख पुष्कलराज शर्माले दुई महीनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । ‘समिट एयरले शनिवार र आइतवार दुई/दुईओटा चार्टर्ड फ्लाइट गरेको छ,’ उनले भने, ‘तारा एयरले पनि उडानको तयारी गरेको छ ।’ पोखरा–जोमसोम हवाई मार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक पाँच/पाँचओटा उडान भर्दै आएका छन् । हवाई उडान चालू भएपछि स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज भएको छ । मार्चको ७ तारिखदेखि नियमित उडान हुने जोमसोम विमानस्थलले बताएको छ । भारतीय पर्यटक पनि हवाई मार्ग भएर मुस्ताङ पुग्न थालेका हुन् । हिउँदयाम सकिएको र कोरोनाको जोखिम न्यूनीकरण हुँदै गइरहेकाले भारतीय तथा तेस्रो मुलुकका पर्यटक हवाई मार्ग भएर मुस्ताङ पुगेर फर्कन टिकट बुकिङ हुन थालेको छ । रासस

दुई महीनापछि पोखरा–जोमसोम उडान

म्याग्दी । पोखरा–जोमसोम हवाई उडान सेवा दुई महीनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना भाइरस संक्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख पुष्कलराज शर्माले दुई महीनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । ‘समिट एयरले शनिवार र आइतवार दुई/दुईओटा चार्टर्ड फ्लाइट गरेको छ,’ उनले भने, ‘तारा एयरले पनि उडानको तयारी गरेको छ ।’ पोखरा–जोमसोम हवाई मार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक पाँच/पाँचओटा उडान भर्दै आएका छन् । हवाई उडान चालू भएपछि स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज भएको छ । मार्चको ७ तारिखदेखि नियमित उडान हुने जोमसोम विमानस्थलले बताएको छ । भारतीय पर्यटक पनि हवाई मार्ग भएर मुस्ताङ पुग्न थालेका हुन् । हिउँदयाम सकिएको र कोरोनाको जोखिम न्यूनीकरण हुँदै गइरहेकाले भारतीय तथा तेस्रो मुलुकका पर्यटक हवाई मार्ग भएर मुस्ताङ पुगेर फर्कन टिकट बुकिङ हुन थालेको छ । स्तरोन्नतिका लागि भन्दै मुस्ताङलाई सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा दैनिक आठ घण्टा बन्द हुने गरेको छ । अहिले सडकमार्ग भएर पनि मुस्ताङ पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ । रासस

दुई महिनापछि पोखरा–जोमसोम उडान

पोखरा–जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र  कोरोना (भाइरस) सङ्क्रमणका कारण  यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो । जोमसोमस्थित नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले दुई महिनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । “समिट एयरले शनिबार र आइतबार दुई÷दुई वटा चार्टड फलाइट गरेको छ,” उनले भने, “तारा एयरले पनि उडानको तयारी गरेको छ ।” पोखरा–

मौसम अनुकूल रहेकाले हवाई उडान नियमित सञ्चालन

मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।