काठमाडौँ । सहसचिव झलकराम अधिकारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका अधिकारीको बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको हो । उनलाई सहकारी विभागको रजिष्टारबाट माघ १८ गते मन्त्रालय सरुवा गरिएको थियो । करिब ४ महिना बढी अतिरिक्तमा राखिएका अधिकारी कुनै विभाग जाने तयारीमा छन् ।