१ भदौ, पाँचथर । निषेधाज्ञा खुकुलो पारिएको पाँचथरमा कोभिड-१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सयभन्दा बढी प्गेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आइतबारसम्म पाँचथरमा कूल तीन हजार सात सय २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो तीमध्ये तीन हजार ४३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितमध्ये जिल्लाभित्रै १८ जनाको मृत्यु भएको छ भने […]
पाँचथर । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि पाँचथरमा जारी निषेधाज्ञा १३औं पटक थप भएको छ । साउन ३२ गते मध्यरातदेखि लागू हुने निषेधाज्ञा खुकुलो पारिएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालबाट आइतवार जारी सूचना अनुसार अब बजार–पसल बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्नेछन् । होटल तथा रेस्टुराँ स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बन गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । यद्यपि मेला, महोत्सव, पार्टी, भोजलगायत भीडभाड हुने गतिविधिमा भने रोक लगाइएको छ । संक्रमणको खतरा हुने तथा भीड लाग्ने सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, पार्क, सैलुन, ब्यूटीपार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय खोल्न भने रोक लगाइएको छ ।
सवारीका साधन सञ्चालनमा लगाइएको जोरबिजोरको प्रणाली पनि हटाइएको छ । अब स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सवारी सञ्चालन गर्न सकिनेछ । विवाहमा १० जनाभन्दा कम जन्ती लिई जान सकिने, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी जारी परीक्षा सञ्चालन गर्ने आदेशमा उल्लेख छ । निषेधाज्ञाको यो आदेश आउँदो भदौ १० गते मध्यरातसम्म लागू हुनेछ । यस अघिसम्म बजार–पसल बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न दिइएको थियो भने सवारीका साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गरिएको थियो । पाँचथरमा पछिल्लो केही दिनमा कोभिड–१९ संक्रमण घटेको तथ्यांकमा देखिए पनि संक्रमणको खतरा भने उत्तिकै छ । रासस
पाँचथरमा कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइए पनि कोरोना सङ्क्रमण भने घट्न सकेको छैन । यति लामो समयको निषेधाज्ञामा पनि सङ्क्रमण दर ३० प्रतिशतभन्दा कम हुनसकेको छैन भने सङ्क्रमण फैलावट नयाँ–नयाँ क्षेत्रमा पुगिरहेको छ । लामो समयदेखिको निषेधाज्ञा र …
कोरोना सङ्क्रमणको जालो तोड्न पाँचथरमा निषेधाज्ञा एक साता लम्बिएको छ । आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा आगामी असार १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो । बैठकले निषेधाज्ञालाई थप खुकुलो पारेको छ । सङ्कट ब्यवस्थापन केन्द्रको निर्णयअनुसार सरकारी तथा सार्वजनिक कार्यालयहरुले अत्यावाश्यक सेवा नियमित सञ्चालन गर्ने, बैङ्क तथा वित्तीय संस्थाहरुले नियमित सेवा प्रवाह गर्ने तर घर–घर पुगेर रकम
कोरोना सङ्क्रमणको जालो तोड्न पाँचथरमा निषेधाज्ञा एक साता लम्बिएको छ ।
आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा आगामी असार १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले जानकारी दिए ।
बैठकले निषेधाज्ञालाई थप खुकुलो पारेको छ । सङ्कट ब्यवस्थापन केन्द्रको निर्णयअनुसार सरकारी तथा सार्वजनिक कार्यालयहरुले अत्यावाश्यक सेवा नियमित सञ्चालन गर्ने, बैङ्क तथा वित्तीय संस्थाहरुले नियमित सेवा प्रवाह गर्ने तर घर–घर पुगेर रकम सङ्कलन गर्ने कार्य स्थगित गर्ने निर्णय गरेको छ ।
पाँचथर । दोस्रो भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा जारी गरिएको निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ । सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा संक्रमणदर नघटेकाले असार १४ गते मध्यराती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । बैठकले निषेधाज्ञालाई केहि खुकुलो भने बनाएको छ । स्वास्थ्य […]
The post पाँचथरमा एक हप्ता निषेधाज्ञा थप appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.
काठमाण्डाै – निषेधाज्ञा लागू गर्ने जिल्लाको सङ्ख्या ७० पुगेको छ । ७० वटा जिल्ला मध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा जिल्लाभर निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।
रसुवा र पाँचथरमा लागू भएको निषेधाज्ञा आजदेखि सुरु भएको छ । यसैबीच काठमाण्डौ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा आज हुने बैठकले आवश्यक निर्णय लिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जा...
काठमाडौं। रसुवा र पाँचथरमा पनि आजबाट निषेधाज्ञा जारी गरिएको छ। ती जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले सोमबारराति १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ। यी दुई जिल्लासँगै देशभर निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ६९ पुगेको छ। अब ८ जिल्लामा मात्र निषेधाज्ञा जारी गर्न बाँकी छ।