व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

बराहक्षेत्र नगरपालिका–२ बालचन खोरियाका किसान कृषिकर्मलाई नै आम्दानीको मूल आधार मानेर अहोरात्र खेतबारीमा नै श्रम गरिरहेका छन् । बालचन खोरिया बस्तीका किसानले अहिले धान, कागती, किम्बु, सजिवन, किबी, कुखुरा, केराखेतीमा दत्तचित्त भएर लागेका छन् ।

सम्बन्धित सामग्री

व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै किसान

प्युठान नगरपालिका-३ रातामाटाका लोकराज पोख्रेलले नयाँ प्रविधि अपनाएर कृषि खेतीलाई व्यावसायिक बनाउनुभएको छ । ४० वर्षदेखि कृषिबाटै गुजारा चलाउँदै आउनुभएका पोख्रेलले अहिले नयाँ प्रविधि प्रति चासो दिएर व्यावसायिक कृषि खेती गर्दै आउनुभएको हो ।

मधेसका किसानलाई जल र मलको पिरलो

कृषिलाई मधेस प्रदेशको समृद्धिको मूल आधार मानिन्छ। प्रदेश सरकारले प्रदेश समृद्ध बनाउने ध्येयले कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएको छ। धान रोपाइँ गर्ने बेलामा भने मधेसका किसान जल र मल बिना छटपटाउँदै निरीह देखिएका छन्।...

जल र मलको पीडाले छटपटिँदै मधेसका किसान

कृषिलाई मधेस प्रदेशको समृद्धिको मूल आधार मानिन्छ। प्रदेश सरकारले प्रदेश समृद्ध बनाउन कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएको छ। तर धान रोपाइँको समयमा अहिले मधेसका किसान जल र मलबिना छटपटाइरहँदा सरकार निरीह दर्शक बनेको छ।...

किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंकले विभिन्न संस्था र स्थानीय तहसँग किसान कार्डमार्फत सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । आरएण्डडी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग कृषि क्षेत्रको आधुनिकीकरणमार्फत आत्मनिर्भर एवम् व्यावसायिक कृषि उत्पादनका लागि कर्जा सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ । समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य,  आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिकी

गाउँपालिकाको निर्ब्याजी कर्जाले व्यावसायिक कृषिमा युवाको आकर्षण

गुल्मीको इस्मा गाउँपालिका–५ का ४० वर्षीय गुन्जबहादुर विष्ट ‘कृष्ण’ पुराना व्यावसायिक किसान हुन् । तर, लगानी नहुँदा व्यावसायिक बन्ने सपना अधुरो थियो । व्यावसायिक कृषि गर्न कसैले कर्जा नपाएपछि झन्डै दुई लाख...

किसानलाई 'पशु सुत्केरी भत्ता' दिने पर्वतको जलजला गाउँपालिका

पर्वत : ‘भैँसी ब्याएपछि पाडापाडी पाल्ने किसान थोरै मात्र होलान्। मैले पनि पहिले पहिले राखिनँ, अहिले भने ब्याउनासाथ पाडापाडी बेच्ने चलन हराउँदै गएको छ। अहिले पाडापाडी राख्नुपर्छ भन्ने मानसिकता बढ्दै गएको छ,’ पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्री भन्छन्, ‘कृत्रिम गर्भाधान गरेका गाई भैँसी ब्याएपछि तिनीहरूका पाडा बाच्छा हुर्काए गाउँपालिकाले एउटा पशुलाई २५ सय भत्ता दिने गरेको छ।’तोपबहादुरले भनेजस्तै जलजला गाउँपालिकाले व्यावसायिक कृषि प्रवर्

भैंसी पकेट जोनले पाङ र खुर्कोटका किसान उत्साहित

पर्वत : कुश्मा नगरपालिका–१ पाङका यज्ञप्रसाद कँडेल भैंसी खरिदका लागि पोखरा जाने तयारीमा छन्। घरमा रहेका दुई भैंसीले मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको भैंसीको व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट)मा नपर्ने भएपछि उनले भैंसी थप गर्न लागेका हुन्।कँडेल जस्तै पाङ र वडा नम्बर २ खुर्कोटका ५० जना किसान नयाँ भैंसी खरिदका लागि तयारीमा छन्। वडा नम्बर १ का अध्यक्ष देवेन्द्र सुवेदीका अनुसार परियोजनाअन्तर्गत संघीय सरकारको २५ लाख, कुश्मा नगरपालिकाको पाँच लाख र किसानको पाँच लाख गरी कु

चितवनका व्यावसायिक किसानले एनसीसी बैंकबाट ५ करोडसम्मको सहुलियतपूर्ण कर्जा पाउने

चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन् । उक्त कर्जा प्रदान गर्नका लागि नेपाल क्रेडिट एण्ड कमर्स बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको हाे

सहकारीबाट ऋण लिएर व्यावसायिक कृषि

सहकारीले सहज रूपमा ऋण दिन थालेपछि ग्रामीण किसान व्यावसायिक कृषिमा आकर्षित हुन थालेका छन् । सामान्य पशुपालन र खेती गर्ने किसान सहकारीबाट ऋण पाएपछि व्यावसायिकरूपमा काम गर्न थालेका हुन् । सिन्धु कृषि सुधार बहुउद्देश्यीय सहकारी संस्था भोटेचौर सिन्धुपाल्चोकका अध्यक्ष अध्यक्ष शिवप्रसाद चौलागाईं सहकारीको ऋणका कारण गाउँमा व्यावसायिकरूपमा खेती र पशुपालन गर्नेको संख्या बढ्न थालेको बताउँछन् ।