खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण

खाेटाङ -  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गरिएकाे छ ।  व्यावसायिक कृषि तथा पशुपक्षी सम्बन्धी सहुलियतपूर्ण कर्जा कार्यान्वयन गर्दै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा व्यवस्थित गर्ने उद्देश्यले किसान क्रेडिट कार्ड वितरण शुरु गरिएको हो । ग्लोबल आईएमई बैंक, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि र नगरपालिकाको साझेदारीमा किसानलाई कर्जासँगै किसान क्रेडिट कार्ड वितरण गरिएकाे हाे ।  लगानीको अभाव झेलिरहेका किसानलाई ग्लोबल आईएमई बैंक...