किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर

ग्लोबल आइएमई बैंकले विभिन्न संस्था र स्थानीय तहसँग किसान कार्डमार्फत सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । आरएण्डडी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग कृषि क्षेत्रको आधुनिकीकरणमार्फत आत्मनिर्भर एवम् व्यावसायिक कृषि उत्पादनका लागि कर्जा सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ । समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य,  आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिकी

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहबीच सम्झौता

ग्लोबल आइएमई बैंक Global IME Bank Limited  र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच सम्झौता भएको छ ।हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकहरुलाई प्रोत्साहन गरी वित्तीय मुलप्रवाहमा पँहुच बढाई कृषि उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।सम्झौतामा बैंकको तर्फबाट लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ तथा मुसीकोट नगरपालिकाको तर्फबाट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, इस्मा गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्ट, मालिका गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, मदाने गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष दानबहादुर के.सी. र धुर्कोट गाँउपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले संयूक्त रुपमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हेफर नेपालको तर्फबाट बाख्रा पालन सामुदायिक विकास परियोजनाका संयोजक अनन्तराज सिलवालले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत मुसीकोट नगरपालिका, इस्मा गाँउपालिका, मालिका गाँउपालिका, मदाने गाँउपालिका, र धुर्कोट गाँउपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपाल अन्तर्गतको बाख्रा पालन सामुदायिक विकास परियोजनाका लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई (प्रति ग्राहक अधिकतम् दश लाख रुपैया मात्र) सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ भने परियोजना अन्तर्गतका ऋणिहरुलाई हेफर प्रोजेक्ट नेपालले आवश्यक तालिमको व्यवस्था गर्नेछ । मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट  सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकले गर्यो निड्ससँग सम्झौता

काठमाडौं, ३ असोज । ग्लोबल आइएमई बैंकले नेपाल विकास अध्ययन संस्थानसँग लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई सहुलियतपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवा, वैदेशिक रोजगारीमा रहेका श्रमिकका आश्रित परिवार, मानव बेचविखनमा परी उद्घार गरिएकालगायत लक्षित समुदाय तथा क्षेत्रका […]

ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई सहुयितपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सम्झौता अनुसार संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवा, वैदेशिक रोजगारीमा रहेका श्रमिकका आश्रित परिवार, मानव बेचविखनमा परी उद्घार गरिएकालगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई बैंकले सहुलियतपूर्ण कर्जा […]

ज्योति विकास बैंक र नेपाल सुनचाँदी महासंघबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सम्झौता

असार २०, काठमाडौं । ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बीच सहकार्य भएको छ ।  महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालीगढ एवम् कर्मचारीहरुलाई बीना धितो सहुलियतपूर्ण कर्जा र विशेष छूटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । आइतवार एक कार्यक्रमका बीच ज्योति विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल महासंघका अध्यक्ष रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  सम्झौता अनुसार बैंकले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कालीगढ एवम् कर्मचारीहरुलाई विशेष छूटमा प्रोफेसनल लोन र १५ लाख रुपैयाँ सम्मको बीना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ ।  यस सम्झौता पश्चात नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवम् कर्मचारीहरुलाई कर्जा सेवाले थप सहजता प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।