अझै तीन दिन मौसम सफा हुने अवस्था छैन : मौसमविद्

अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित...

सम्बन्धित सामग्री

आज मौसमको अवस्था कस्तो छ ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । तराई–मधेशका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी […]

आज दिनभर मौसम सफा रहने

काठमाडौं, कात्तिक १६ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने मौसमको अवस्था देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी […]

देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?

काठमाडाैं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेकाे छ । साथै बाँकी भू-भागमा भने मौसम सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। शनिबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम […]

अझै तीन दिन मौसम सफा हुँदैन : मौसमविद्

चैत १८, काठमाडौं । अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीले बताइन् ।  उक्त प्रणालीको प्रभावले प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । ‘अझै तीन दिन मौसम सफा हुने अवस्था देखिएको छैन’, मौसमविद् वासीले भनिन् ।  रातिको समयमा प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने भई प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  प्रदेश नं १, मधेस प्रदेशलगायत र गण्डकी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार शुक्रवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २७ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।  त्यस्तै, शुक्रवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस

देशभरको मौसम सफा, आगामी तीन दिन सामान्य रहने

काठमाडौँ– देशभर हाल मौसमको अवस्था सामान्य रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कुनै उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहेको हो । महाशाखाले आज (आइतबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशका पहाडी भू–भागहरूमा आंशिक  बदली  रही  बाँकी भू–भागको मौसम सामान्यतया सफा  रहेको जनाएको छ । साथै […]

दुहबी प्रशारण केन्द्र डुबानमा, मोरङ र सुनसरीमा दुई दिनदेखि छैन बिजुली

केन्द्रका अनुसार मौसम सफा भएर पानी नघटेसम्म विद्युत् सुचारू गर्न सक्ने अवस्था छैन।

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आज मौसम सफा रहने जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव रहेको छ।आज बिहान देशका धेरै भूभागको मौसमको अवस्था सामान्य रहेको छ भने प्रदेश १ पहाडी भूभागहरुमा आंशिक वदली रहेको छ।यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानका अनु...

मौसम सफा हुन अझै केही दिन लाग्ने

पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी–अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मेघगर्जनसहित वर्षा भइरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रकृति हेर्दा अझै केही दिन मौसम सफा हुने अवस्था छैन ।