काठमाडौँ– देशभर हाल मौसमको अवस्था सामान्य रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कुनै उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहेको हो । महाशाखाले आज (आइतबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ । साथै […]